कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,२० जेठ ।
सरकारले कृषकलाई कृषिमैत्री वातावरण सृजना गर्ने भन्दै नयाँ बजेट ल्याइसकेको छ । नयाँ बजेटबाट कृषि पेशामा आवद्ध कृषकहरु जति उत्साहित हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । भर्खरै मात्र सरकारका एक मन्त्रीले जग्गाजमिन बाँझो राख्नेलाई जेलदेखी रकम सम्मको जरिवाना लगाउन तयारी भैरहेको प्रतिक्रिया दिएपछि बजारमा झन नयाँ तरंग पैदा भैरहेको छ ।
केहीवर्ष देखी सरकारले आफुहरु कृषिमैत्री र किसानको हितको पक्षमा काम गरिरहेको बताएपनि सरकारी अधिकारीबाट आएको प्रतिक्रिया अनुसारको व्यहारिकता नभएको आमगुनासाहरु रहँदै आएका थिए ।
पछिल्लो समय सरकारकै जिम्मेवार मन्त्रीसम्मबाट जग्गा जमिन बाँझो राख्न नपाईने र कोही कसैले बाँझो राखेको पाइएमा जेलदेखी आर्थिक जरिवानासम्मको कानूनी व्यवस्था गर्नुपर्ने जस्ता विषयहरु उठाउनुले सरकारमा पुगेका मन्त्रीहरुले जनताको पक्षमा काम नगर्ने र जीवन व्यवहारमा प्रयोग नआउने जस्ता विषयहरु उठाएर स्वयम् विवादित हुने गरेको भन्दै व्यपाक आलोचना भैरहेको छ ।
नेपाली कृषकहरुले विगत एकबर्ष अघिदेखी राम्रोसंग मल पाइरहेका छैनन् । कृषि उत्पादनका लागि आवश्यक पर्ने राशायनिक मलको अभाव पुरा गर्न नसकेको सरकारले किसानलाई नै अफ्ठ्यारा पर्ने खालका कुरा उठाउनु हास्यास्पद कुरा पनि हो ।
भर्खरैमात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अहिले खेतीपातीको सिजनमा आम कृषकहरुले मल विउ तथा अन्य कृषि प्राविधिकका लागि आवश्यक पर्ने कृषि औजारहरु समेत नत सरकारले सस्तो र सुलभ तरिकाले कृषककोमा पु¥याएको छ न त कृषिअनुदान नै कृषकको घरदैलोमा पुग्ने वातावरण सृजना गर्न सकेको छ । यस्तो अवस्थामा कृषि उत्पादन कम हुनु स्वभाविक भएको सरकार संचालन गर्नेहरुले बुझ्नु पर्ने कुरा हो तर यो उनीहरुको लागि हास्यास्पद विषय भैरहेको छ ।
अहिले पछिल्लो समय सरकारले कृषि उत्पादन बृद्धि गर्ने नाममा साझेदारी वा अन्य कुनै तरिकाबाट वितरण गरिएको कृषि औजारहरु समेत तल्लो स्तरका कृषकसम्म पुग्न नसकेको गुनासाहरु यथावत नै छ । कृषि कर्म गर्न सक्ने खालका जनशक्तिहरु बैदेशीक रोजगारीमा खाडी मुलुकदेखी अन्य देशहरुमा पुगेका छन् । यसकारण नेपाली कृषिले दिनानुदिन घाटा व्यहोरि रहनुपरेको अवस्था छ । सरकारले यो विषयमा गम्भीरताको साथ अध्ययन गरेर मात्र भावी योजना बनाउनुपर्ने हुन्छ ।
जवसम्म वास्तविक कृषकहरुको अवस्था के छ ? उनीहरुलाई सरकारले सहायता गर्नुपर्ने विषय के–के छन् र कस्ता कस्ता प्राविधिक कुराहरु मिलाउन सके उनीहरु कृषिमा आत्मनिर्भर हुन सक्छन् भन्ने जस्ता विषयमा अध्ययन गरे मात्र सरकारले जनताको पक्षमा काम गरिरहेको ठहर्न सक्छ । अहिले ६० प्रतिशतभन्दा धेरै नागरिकहरु कृषि पेशामा नै निर्भर रहेकोले यसमा सरकारको पनि केही भिजन र के योगदान जरुरी हुने कुरा सरकारमा आसिनहरु किन बुझ्दैनन् ?
धेरै वर्षको अन्तरालमा यो वर्ष जनार्दन शर्माले अर्थमन्त्रीको हैसियतमा केही राम्रा योजनाहरु त अगाडि सारेका छन् तर, अन्य सरोकारवालाहरुको अभिव्यक्ति त्यति सन्तोषजनक छैन । पहिले सरकारदेखी सरोकारवाला निकायमा अधिकारीहरु किसानको पक्षमा बोल्ने कानून निर्माण गर्ने, योजना र लगानीको वातावरण सृजना गर्ने जस्ता कुराहरुलाई ध्यान दिउन् अनि कृषकले काम गरेनन् भने एउटा कुरा हुन सक्छ तर, पहिलै किसानले काम गरेनन् भनेर कर्नाल फुक्नु सान्दर्भिक छैन ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।