ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
लायन राजाराम रिजाल सम्मानित
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ, ३० साउन । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सिद्धलेकमा वृक्षारोपण तथा धुनिबेँसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सिद्धलेकमा करिब ४०० बिरुवा रोपिएको छ भने धुनिबेँसीमा आयोजित रक्तदान कार्यक्रममा १३५ जनाले रक्तदान गरेका छन्।
‘युवा शक्ति, हरियाली भविष्य’ भन्ने नारासहित रास्वपा सिद्धलेकको आयोजनामा फलफूललगायतका बिरुवा रोपिएको हो। वृक्षारोपणसँगै नजिकैको विद्यालयलाई करिब २०० बिरुवा हस्तान्तरण गरिएको रास्वपा धादिङले जनाएको छ।
युवालाई वातावरण संरक्षणसँग जोड्दै हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको हो। रोपिएका बिरुवाको संरक्षण र विद्यालयलाई हस्तान्तरण गरिएका बिरुवाले स्थानीय स्तरमा हरियाली बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी रास्वपा धुनिबेँसी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १३५ जनाले रक्तदान गरेका छन्। नगर सभापति सुदीप पाठकले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
‘तपाईंको एक थोपा रगत कसैको जीवनका लागि अमूल्य उपहार हुन सक्छ’ भन्ने सन्देशसहित कार्यक्रम आयोजना गरिएको नगर समितिले जनाएको छ।
रास्वपा धादिङले अन्तर्राष्ट्रिय युवा दिवसलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ। यसअघि नीलकण्ठ नगरपालिकाको सिटी हलमा युवाका लागि मनोपरामर्शसम्बन्धी कार्यक्रम तथा सांसदसँग युवाहरूको अन्तरक्रिया सम्पन्न गरिएको थियो।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत साउन ३१ गते गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा वृक्षारोपण गर्ने कार्यक्रम तय गरिएको रास्वपा धादिङका सभापति राजन अर्यालले जानकारी दिनुभयो।
सोही दिन बेनिघाट रोराङ गाउँपालिकाको मलेखु बजारस्थित भद्रकाली मन्दिर परिसरमा रहेको वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको उहाँले बताउनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |