Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग

९६३ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार (३ घण्टा अघि)
धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग

धादिङबेशी,२७ साउन । धादिङका युवाहरूले युवालाई विकासका लक्षित समूहका रूपमा मात्र नभई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न सरकारसँग माग गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा आयोजित ‘धादिङ युथ क्याफे–२०२६’ कार्यक्रममा युवाका साझा सवाल समेटिएको १५ बुँदे ‘धादिङ युवा घोषणापत्र–२०८३’ सार्वजनिक गरिएको हो ।
‘खुलेर कुरा गरौँ, मिलेर परिवर्तन गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा विभिन्न युवा सञ्जाल, समूह, उद्यमी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवाहरूको सहभागिता रहेको थियो।

घोषणापत्रमा बेरोजगारी, सीप तथा रोजगारीको अभाव, उद्यमशीलताका लागि वित्तीय पहुँचको कमी, मानसिक स्वास्थ्यसम्बन्धी चुनौती र निर्णय प्रक्रियामा युवाको न्यून सहभागितालाई प्रमुख समस्याका रूपमा उल्लेख गरिएको छ।

युवाहरूले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न, युवा उद्यम तथा स्टार्टअपका लागि सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न र बजारको मागअनुसार सीपमूलक शिक्षा तथा तालिमको व्यवस्था गर्न माग गरेका छन्।

त्यस्तै सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न तथा विदेशबाट फर्किएका युवाको सीप, अनुभव र पुँजीलाई स्थानीय उत्पादन तथा उद्यममा उपयोग गर्ने नीति बनाउनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
युवा महिलासहित पछाडि पारिएका समुदायका युवाका लागि समान अवसर सुनिश्चित गर्न, स्थानीय योजना तथा बजेट निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउन तथा युथ इन्फर्मेसन सेन्टर स्थापना गर्न पनि माग गरिएको छ।

घोषणापत्रमा डिजिटल साक्षरता, कृत्रिम बुद्धिमत्ता—एआई र डिजिटल उद्यमशीलतासम्बन्धी अवसर विस्तार गर्नुपर्ने विषयसमेत समेटिएको छ। युवाहरूले सामाजिक सद्भाव, समावेशिता, वातावरण संरक्षण र सामाजिक परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्ने आठबुँदे प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

बढ्दो वैदेशिक रोजगारी र युवा पलायनलाई ध्यानमा राख्दै युवालाई विदेश जान रोक्नेभन्दा स्वदेशमै रोजगारी, उद्यम र विकासका अवसर सिर्जना गर्नुपर्ने उनीहरूको निष्कर्ष छ।
‘युवा पलायन रोकौँ, युवाका लागि अवसर सिर्जना गरौँ, धादिङ निर्माण गरौँ’ भन्ने मूल प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा धार्मिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता

    धादिङमा धार्मिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता

  • रास्वपा धादिङद्धारा युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य र सांसद संग युवा अन्तरक्रिया

    रास्वपा धादिङद्धारा युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य र सांसद संग युवा अन्तरक्रिया

  • धादिङमा पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा एक युवकको मृत्यू

    धादिङमा पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा एक युवकको मृत्यू

  • राष्ट्रिय आयोजना अघि बढाउन स्पष्ट नीति र अधिकारसम्पन्न संरचना आवश्यक : सांसद श्रेष्ठ

    राष्ट्रिय आयोजना अघि बढाउन स्पष्ट नीति र अधिकारसम्पन्न संरचना आवश्यक : सांसद श्रेष्ठ

  • समाचार
    धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग

    धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग

    धादिङमा धार्मिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता

    धादिङमा धार्मिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता

    रास्वपा धादिङद्धारा युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य र सांसद संग युवा अन्तरक्रिया

    रास्वपा धादिङद्धारा युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य र सांसद संग युवा अन्तरक्रिया

    धादिङमा पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा एक युवकको मृत्यू

    धादिङमा पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा एक युवकको मृत्यू

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0