Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए

९३६१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २४, आईतबार (३ घण्टा अघि)
ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए

 धादिङबेशी,२४ साउन । धादिङबेसीबाट नेपाल बार एसोसिएसन धादिङको साधारण सभामा सहभागी हुन १८ जना कानून व्यवसायी लिएर बेनिघाट रोराङ गाउँपालिका–८ चैलिङतर्फ जाँदै गरेका ईभी हाइसका चालक मिननारायण श्रेष्ठको बाटोमै स्वास्थ्यमा अचानक समस्या आएपछि निधन भएको छ । असहज महसुस हुनासाथ श्रेष्ठले सवारी सुरक्षित रूपमा रोकेका कारण यात्रुहरू सकुशल भएका हुन् ।

बा प्र ०१–००६६ ख ८६१६ नम्बरको ईभी हाइस चलाइरहेका सिद्धलेक गाउँपालिका वडा न ३ निवासी ५० वर्षीय श्रेष्ठ शनिबार धादिङबेसीबाट चैलिङ सामुदायिक होमस्टेतर्फ जाँदै थिए । चैलिङ नजिकै बिदाङ पुगेपछि होमस्टेतर्फको बाटो सोधेर करिब ५० मिटर अगाडि बढेका श्रेष्ठले आफूलाई असहज महसुस भएपछि तत्काल सवारी रोकेका थिए । त्यसलगत्तै चालक सिटमै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

सवारीमा रहेका कानून व्यवसायी र स्थानीयले श्रेष्ठलाई बाहिर निकालेर प्राथमिक उपचार गर्ने प्रयास गरेका थिए । खबर पाएपछि पुगेका स्वास्थ्यकर्मीले समेत कृत्रिम श्वासप्रश्वास तथा छाती थिचेर बचाउने प्रयास गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका   थिए । श्रेष्ठलाई हृदयघात भएको प्रारम्भिक जानकारी आएको भए पनि मृत्युको आधिकारिक कारण खुलिसकेको छैन ।

कानून व्यवसायी दिनेश दुवाडीका अनुसार असहज महसुस हुनासाथ श्रेष्ठले सवारी रोकेकाले सम्भावित दुर्घटना टरेको हो । सवारीमा टंककुमार श्रेष्ठसहित रामचन्द्र भट्ट, रामकृष्ण अधिकारी, खिल गिरी, विश्वराज अधिकारी, गोपी अर्याल, अम्बिका घिमिरे, दिनेश दुवाडी, विनोदमान श्रेष्ठ, पुष्पविक्रम मल्ललगायत १८ जना कानून व्यवसायी सवार थिए ।

नेपाल बार एसोसिएसन धादिङका कानून व्यवसायी तथा शुभेच्छुकहरूले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

    नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन

    धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन

  • महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

    महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

  • लायन्स क्लब अफ धादिङ नीलकण्ठको ‘एक लायन, एक बिरुवा’ अभियान

    लायन्स क्लब अफ धादिङ नीलकण्ठको ‘एक लायन, एक बिरुवा’ अभियान

  • समाचार
    नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

    नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

    ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए

    ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए

    धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन

    धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन

    महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

    महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0