ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
दुईदिने कार्यशालाबाट रणनीतिक योजना तयार, खानेपानी तथा सरसफाइ बोर्डको कार्यप्रगति समीक्षा
धादिङबेशी,२५ साउन । ज्वालामुखी गाउँपालिकाले आगामी २०८५ चैत २९ गतेसम्म पालिकालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्यसहित रणनीतिक योजना तयार गरेको छ। गाउँपालिकाले साउन २३ र २४ गते आयोजना गरेको दुईदिने कार्यशालाबाट पूर्ण सरसफाइ उन्मुख क्षेत्र निर्माणको कार्यदिशा तय गर्नुका साथै नमुना ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको कार्यप्रगति समीक्षा गरेको हो।
गाउँपालिकाले यसअघि ‘मिसन २०८२, सफा र स्वच्छ क्षेत्र’ अभियानअन्तर्गत ज्वालामुखीलाई नमुना सफा तथा स्वच्छ क्षेत्र घोषणा गरेको थियो । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै दोस्रो चरणमा पूर्ण सरसफाइ उन्मुख पालिका निर्माण गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष यामनाथ दनैको अध्यक्षतामा सम्पन्न कार्यशालामा उपाध्यक्ष धर्म बहादुर अर्याल, प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधि, विषयगत शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख, विद्यालय वास समितिका संयोजक, टोल विकास संस्था तथा खानेपानी तथा सरसफाइसम्बन्धी समितिका प्रतिनिधिको सहभागिता थियो। खानेपानी तथा ढल व्यवस्थापन विभागका डा. रजित ओझासहित विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी थिए।
कार्यशालामा हालसम्म बोर्डमार्फत प्रवाह भएका सेवाको समीक्षा गर्दै सुधार गर्नुपर्ने क्षेत्र तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। कार्यक्रमको सहजीकरण डा. कृष्णमान शाक्य र सुजन श्रेष्ठलगायतले गरेका थिए।
गाउँपालिकाले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतालाई स्वास्थ्य, पोषण तथा शिक्षासँग एकीकृत गर्दै पानीजन्य रोग न्यूनीकरण, पोषणमैत्री स्वास्थ्य संस्था, तीनतारे विद्यालय, संस्थागत सुत्केरीको दिगोपना र जनस्वास्थ्य सेवा सुदृढीकरणलाई आगामी कार्यदिशामा समेटेको स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |