वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा धादिङमा युवा मनोपरामर्श, मानसिक स्वास्थ्य तथा सांसद संग युवा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा धादिङको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका युवाहरू सहभागी भएका थिए ।
रास्वपा धादिङका जिल्ला सभापति राजन अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मी र नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहजीकरण गर्नुभएको थियो ।
डाक्टर रेग्मीले मानसिक स्वास्थ्यको अवधारणा, युवामा देखिन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी समस्या, त्यसका लक्षण, वर्तमान चुनौती तथा आत्महत्या रोकथामका उपायबारे जानकारी दिनुभएको थियो ।
यस्तै, मनोसामाजिक परामर्शकर्ता थापाले मनोसामाजिक समस्या, त्यसका कारण र लक्षण, सकारात्मक सोचको विकास तथा समाजमा युवाको अर्थपूर्ण सहभागिताका विषयमा सहजीकरण गर्नुभएको थियो ।
अन्तरक्रियामा युवाहरूले पछिल्लो समय सामना गरिरहेका मानसिक तथा सामाजिक चुनौती, तनाव व्यवस्थापन, भावनात्मक स्वास्थ्य तथा मानसिक समस्या देखिएमा अपनाउनुपर्ने उपायका विषयमा छलफल गरिएको थियो ।
सहजकर्ताहरूले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने बताउँदै समस्या लुकाउने वा बेवास्ता गर्नेभन्दा समयमै पहिचान गरी आवश्यक परामर्श र सहयोग लिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा युवाको सक्रिय सहभागिता, सकारात्मक सोच र सिर्जनशील भूमिकाले समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुग्ने विषयमा पनि छलफल भएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।