Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

५६६९ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ३, आईतबार (२ महिना अघि)
गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

धादिङ,३ जेठ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित गैरी गाउँ माध्यमिक विद्यालयमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको पहिलो दिनको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रिता श्रेष्ठले कार्यक्रमको उदेश्य सहित आवश्यकताको बारेमा जानकारी गरानुभएको थियो ।


विद्यालयका कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूको उत्साहजनक सहभागितामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ ले आजका बालबालिका भोलिका राष्ट्रका आधारस्तम्भ भएकाले उनीहरूको भविष्य निर्माणमा अभिभावकको माया, समय र सही मार्गदर्शन सबैभन्दा ठूलो शक्ति हुने बताउनुभयो। कार्यक्रममा मनोपरामर्शकर्ता रामकुमार थापाले सहजीकरण गर्दै किशोरावस्थामा बालबालिकाले भोग्ने मानसिक, भावनात्मक तथा व्यवहारिक परिवर्तनबारे सहजिकरण गर्नुभएको थियो। उहाँले अभिभावकको एक सकारात्मक शब्द, एक सानो प्रशंसा र केही समयले पनि बालबालिकाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने बताउनुभयो।


उहाँले “बालबालिकालाई डर होइन, विश्वास चाहिन्छ । दबाब होइन, साथ चाहिन्छ । उनीहरूको मन जित्न सके मात्रै भविष्य उज्यालो बनाउन सकिन्छ” भन्ने बारे प्रष्ट पार्नुभएको थियो। प्रशिक्षणका क्रममा अभिभावक र बालबालिकाबीचको सम्बन्ध कसरी अझ नजिक, आत्मीय र विश्वासिलो बनाउन सकिन्छ भन्ने विषयमा व्यवहारिक उदाहरणसहित प्रस्तुति गरिएको थियो।कार्यक्रममा सहभागी धेरै अभिभावक भावुक बन्नुभएको थियो । कतिपय अभिभावकहरूले आफ्ना बालबालिकाको भावना बुझ्न नसकेको स्वीकार गर्दै अबदेखि उनीहरूसँग बढी समय बिताउने, खुलेर संवाद गर्ने र साथीझैँ व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अभिभावकहरूले तालिम अत्यन्त प्रभावकारी रहेको प्रतिक्रिया दिँदै “आज हामीले आफ्ना छोराछोरीको मन बुझ्ने अवसर पायौँ”, “हाम्रो आँखा खुलेको महसुस भयो” तथा “यस्तो कार्यक्रम हरेक विद्यालयमा आवश्यक छ” भन्ने धारणा राखेका राख्नुभएको थियो ।यस्ता कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर यस्ता सचेतनामूलक तथा प्रेरणादायी कार्यक्रम सञ्चालन गरिने विद्यालयले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0