Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

मनकामना-गोरखा दरबारसम्मको म्याराथन दौड सम्पन्न, प्रतियोगिताको उपाधि सनम गुरुङले जिते

५५३९ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख १५, मंगलबार (२ महिना अघि)
मनकामना-गोरखा दरबारसम्मको म्याराथन दौड सम्पन्न, प्रतियोगिताको उपाधि  सनम गुरुङले जिते

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रतियोगिताको उपाधि तनहुँका सनम गुरुङले हात पार्नुभएको हो । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा सोमबार प्रतियोगिता भएको हो । मनकामनादेखि गोरखा दरबारसम्मको ४२ दशमलव १९५ किलोमिटर दौडमा प्रथम बनेका गुरुङले नगद रु ५५ हजार प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङले बताउनुभयो । गुरुङले दुई घण्टा ५९ सेकेण्डमा उक्त दौड पूरा गर्नुभएको थियो । उक्त दौड मनकामना मन्दिरदेखि ताक्लुङ-तीनमाने-घैरुङ-नाम्जुङ-काउलेभङ्गार-बुङ्कोट-ढुड्गागाढे-आहाले भञ्ज्याङ-बराह मन्दिर-हस्पिटल चोक-हरमटारी-बसपार्क-बिपी चौतारा-ठूलो आँगन-सतिपीपल-गैरीकुवा-हनुमानथान (गोरखाकाली मन्दिर) पुगेर टुङ्गिएको थियो ।

महिलातर्फ कास्कीकी सपना गुरुङ प्रथम बन्नुभएको छ । चार घण्टा ५१ सेकेण्डमा दौड पूरा गरी प्रथम बन्नुभएकी गुरुङले रु ५५ हजार नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । पुरुषतर्फको प्रतियोगितामा कास्कीका सफल लामा दोस्रो तथा कास्कीकै चेतनाथ चालिसे तेस्रो बन्नुभएको छ । क्रमशः तीन घण्टा १० मिनेट र तीन घण्टा २८ मिनेटमा दौड पूरा गरी रु ३० हजार र २० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा सान्त्वना बनेका पर्वतका सन्तोष परियार र गोरखाका अञ्जन पौडेलले जनही रु पाँच-पाँच हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकको भनाइ छ । मनकामनादेखि गोरखा दरबारसम्मको ४२ दशमलव १९५ किलोमिटर दौडमा महिलातर्फ तनहुँकी बिबिका लामा तेस्रो, नवलपुरकी डोलमाया महतो तेस्रो र नवलपुरकै सूर्यकुमारी महतो सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । उहाँहरूले क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरेको खेलकुद विकास समिति गोरखाका अध्यक्ष प्रेम तामाङले बताउनुभयो ।

यसैगरी, मनकामनादेखि तीनमानेसम्मको १० किलोमिटर दौडमा महिलातर्फ नवलपुरकी प्रकृति लुङ्गेली प्रथम, कास्की साधना परियार द्वितीय र तनहुँकी नम्रता गुरुङ तृतीय र पुरुषतर्फ कास्कीका बादल कार्की प्रथम, तनहुँका आदित्य जेसी द्धितिय र गोरखाका सविन सापकोटा तृतीय हुनुभएको छ । महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । मनकामनादेखि जुम्ली चौतारासम्मको पाँच किलोमिटर दौडमा पुरुषतर्फ गोरखाका सरोज गिरी प्रथम, तनहुँका कमल विक द्वितीय र म्याग्दीका सक्षम बोहोरा तृतीय हुनुभएको छ । महिलातर्फ पाँच किलोमिटर दौडमा तनहुँकी मनकुमारी लामा प्रथम, पर्वतकी सिम्रन थापा द्वितीय र स्याङ्जाकी विमला माया मान्नधर तृतीय हुनुभएको छ ।

महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, सात हजार ५०० र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् । खेलक्षेत्रमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तामाङले बताउनुभयो । प्रतियोगितामा सहभागीलाई यातायातसहित खान र बस्ने व्यवस्था आयोजकले गरेको थियो । प्रदेशस्तरीय उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट खेलाडीले सहभागिता जनाएका थिए । जसमा गण्डकी प्रदेशभित्रका ११ जिल्लाबाट एक जना पुरुष र एक जना महिलाका दरले सहभागिता जनाएका तामाङको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0