नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,१३ बैशाख । नेपाल पत्रकार महासंघ धादिङ शाखाका सभापती सिताराम अधिकारीले सरकारले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने नीति अवलम्बन गरेकोप्रति कडा असन्तुष्टि ब्यक्त गर्नु भएको छ । धादिङबाट सञ्चालित होराईजन खबर डटकमले आगामी वर्ष २०८३ का लागि भित्तेपात्रो सार्वजनिक गरेको समारोहमा बोल्दै सभापती अधिकारीले सो कुरा बताउनु भएको हो ।
उहाँले उक्त नीतिलाई “विभेदकारी” भन्दै यसले निजी सञ्चार माध्यमहरूलाई थप संकटमा धकेलेको र समग्र सञ्चार क्षेत्रमै नकारात्मक असर परेको उल्लेख गर्नुभयो। “सरकारी विज्ञापनबाट वञ्चित हुँदा स्थानीय र निजी मिडियाको अस्तित्व नै जोखिममा परेको छ,” सभापती अधिकारीको भनाइ थियो।
आइतबार होराईजन खबरले नेपाल पत्रकार महासंघ धादिङ शाखाको सभाहलमा आयोजित विशेष समारोहबीच भित्तेपात्रो विमोचन गरिएको थियो ।
उक्त अवसरमा अनलाइन मिडिया सोसाइटीका अध्यक्ष केशव अधिकारी,नेपाल रेडक्रस सोसाइटी धादिङका उप–मन्त्री मिम्बा तामाङ लगायत जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले स्थानीय सञ्चार माध्यमको विकास, प्रभावकारी सूचना प्रवाह र समाजमा पार्ने सकारात्मक प्रभावको प्रशंसा गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |