नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,१३ बैशाख । विश्व भेटेरिनरी दिवसको अवसरमा धादिङमा आयोजित कार्यक्रममा १५ जना पशुचिकित्सक तथा पशु प्राविधिकलाई सम्मान गरिएको छ। धादिङमा “पशुचिकित्सकहरूः खाद्य सुरक्षा र स्वास्थ्यका संरक्षक” भन्ने मूल नाराका साथ शनिबार विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो।
पशुपन्छी तथा मत्स्य विकास क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने सरकारी तथा निजी क्षेत्रका पशुचिकित्सक तथा प्राविधिकलाई उक्त अवसरमा सम्मान गरिएको छ। कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले पशुचिकित्सक तथा प्राविधिकहरूको भूमिका केवल पशुपन्छीको उपचारमा सीमित नरही खाद्य सुरक्षा सुनिश्चितता, जनस्वास्थ्य संरक्षण तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण रहेको उल्लेख गरेका थिए। उनीहरूले पशुपालन क्षेत्रलाई ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्दै त्यसको स्तरोन्नतिमा भेटेरिनरी सेवाको योगदान अपरिहार्य रहेको बताए।
सहभागीहरूले पशुचिकित्सकहरूलाई ‘अदृश्य नायक’का रूपमा उल्लेख गर्दै उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरेका थिए। साथै, विश्व भेटेरिनरी दिवसको अवसरमा सम्पूर्ण भेटेरिनरी पेशाकर्मीहरूलाई शुभकामना पनि व्यक्त गरिएको थियो।
दिवसका अवसरमा आयोजित कार्यक्रमहरूले पशु स्वास्थ्य, खाद्य सुरक्षा र जनस्वास्थ्यबीचको अन्तरसम्बन्धबारे सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो । सो अवसरमा पशु सेवा कार्यालय धादिङले स्थानिय तह संग समन्वयात्मक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |