नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,२० चैत
६९औँ राष्ट्रिय सहकारी दिवस धादिङबेसीमा बिबिध कार्यक्रम मनाईएको छ । नीलकण्ठ नगरपालिकाको आयोजना, जिल्ला सहकारी संघ लिमिटेड धादिङको सह–आयोजना तथा जिल्लास्थित विभिन्न सहकारी संघहरूको सहकार्यमा दिवस मनाईएको हो । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने राष्ट्रिय नारासहित ६९औँ राष्ट्रिय सहकारी दिवस आज नीलकण्ठ नगरपालिकाको सिटी हलमा विविध कार्यक्रम मनाईएको हो ।
कार्यक्रममा सहकारी क्षेत्रमा वर्तमान समयमा देखिएका चुनौतीहरूको समाधानमा सहकारीको भूमिकाबारे कार्यपत्र प्रस्तुति गरिएको थियो। साथै, सहकारीसँग सम्बन्धित सन्देशमूलक चलचित्र “लक्ष्मीप्रसाद” प्रदर्शन गरी दिवसलाई अझ प्रभावकारी बनाइएको नीलकण्ठ नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख उर्मीला थपलियाले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिका भित्र रहेका सबै सहकारी संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू, कार्यपालिका सदस्यहरू, सहकारी संघका पदाधिकारी तथा कर्मचारीहरू, साथै सहकारी संस्थाका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो।कार्यक्रमले सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता प्रवद्र्धन तथा उद्यमशीलताको विकासमा सहकारीको भूमिकालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको नगरपालिकाले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |