नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,१९ पौष । धादिङ बचत तथा ऋण सहकारी संघ लि.को २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले संघको अध्यक्षमा सिता दुवाडी खनाललाई निर्वीरोध अध्यक्षमा निर्वाचित गरेको छ । यस अघि खनाल कार्यबहाक अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो ।
आज निर्वाचित संचालक समितिको उपाध्यक्षमा तुलसी प्र. अधिकारी, सचिवमा शान्त बिक्रम बानिया, कोषाध्यक्षमा राज कुमार श्रेष्ठ चयन हुनुभएको छ त्यसैगरी सदस्यहरुमा कृष्ण प्र. सिलवाल,रामहरि बराकोटी, खिल कुमारी पोखरेल तिवारी, नबिन कुमार श्रेष्ठ र उर्मिला रेग्गी चयन हुनु भएको छ ।
त्यसै गरी साधारण सभाले चमेली बगालेको अध्यक्षतामा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा बलराम खत्रि र राजाराम पाठक चयन हुनुभएको छ ।
साधारणसभा वागमती प्रोस्कूनको सञ्चालक समिति सदस्य तथा संघका निवर्तमान अध्यक्ष नवराज शर्मा र वागमती प्रदेश सहकारी संघका महासचिव नेत्रराज पौडेलको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |