नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,१९ पौष । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित आमाको माया छात्रावासलाई अत्याधुनिक पानी शुद्धिकरण फिल्टर वितरण गरिएको छ ।
शितल छहारी नेपालको आर्थिक सहयोग तथा लायन्स क्लब अफ धादिङ भैरवीको संयोजनमा शुक्रबार आयोजित एक कार्यक्रममा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको शुद्ध पिउने पानी छान्ने फिल्टर छात्रावासलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण समारोहमा शितल छहारी नेपालका अध्यक्ष तथा लायन्स क्लब अफ डिष्ट्रिक्ट ३२५ आईका रिजन ५ का रिजन चेयरपर्सन कृष्ण बद्री पौडेल, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष बद्री अधिकारी, प्रथम उपाध्यक्ष प्रकाश सापकोटा, पूर्व उपाध्यक्ष बालकृष्ण नेपाली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आमाको माया छात्रावासका सचिव राजेन्द्र राना मगरले सहयोगी दाताहरूलाई धन्यवाद दिँदै प्राप्त सामग्रीको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसअघि पनि लायन्स क्लब अफ धादिङ भैरवीले छात्रावासमा शौचालय निर्माणमा सहयोग गरेको स्मरण गर्दै आभार प्रकट गर्नुभयो ।
सहयोग सामाग्री हस्तान्तरणबाट छात्रावासमा बसोबास गर्ने बालबालिकाहरूलाई सुरक्षित र शुद्ध पिउने पानीको सुविधा सहज हुने विश्वास गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |