Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजनमा पशुपति माविमा तीन दिने हस्तलेखन प्रशिक्षण सम्पन्न

२४७८ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलबार (१२ महिना अघि)
लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजनमा पशुपति माविमा तीन दिने हस्तलेखन प्रशिक्षण सम्पन्न

धादिङ,१३ साउन

लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजनामा तथा पशुपति माध्यमिक विद्यालयको व्यवस्थापनमा सन्चालन भएको तीन दिने हस्लेखन प्रशिक्षण सम्पन्न भएको छ। शिक्षा क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आइरहेको लायन्स क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित दामगाडेमा हस्तलेखन तालिम सम्पन्न गरेको हो । साउन ११ गते देखि पशुपति माध्यमीक विद्यालयमा सञ्चालित प्रशिक्षण मंगलबार एक कार्यक्रमका विच सम्पन्न भएको हो ।

क्लवका अध्यक्ष नाराणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नंवर १२ का अध्यक्ष धर्मराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख अतिथि भण्डारीले यस्ता कार्यक्रमहरूले स्थानीय तहमा शिक्षा सुधारमा सकारात्मक असर पार्ने बताउँदै लायन्स क्लबको क्रियाशीलता र प्रतिबद्धतालाई धन्यवाद दिनुभयो । “स्थानीय विद्यालयमा यति महत्त्वपूर्ण तालिम सञ्चालन गर्नु क्लबको सामाजिक उत्तरदायित्वप्रति जागरूकता र शिक्षा प्रतिको समर्पणको स्पष्ट उदाहरण हो,” उहाँले भन्नुभयो । शिक्षाको क्षेत्रमा काम गरीरहेको क्लवले पशुपति माध्यमिक विद्यालय छनौट गरेको मा अध्यक्ष भण्डारीले क्लवको खुलेर प्रशंसा गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले क्लबप्रति आभार व्यक्त गर्दै भन्नुभयो “शिक्षा क्षेत्रमा टेवा पु¥याउन यस्ता कार्यक्रमले विद्यालयलाई मात्र होइन, विद्यार्थीको भविष्यलाई दिशा दिन्छ। क्लबले यो कार्यक्रम विद्यालयलाई दिएर हाम्रो शैक्षिक यात्रामा साथ दिएको छ, जुन हामीलाई सदैव सम्झना रहनेछ ।”बक्ताका रुपमा सम्बोधन गर्दै लायन ईश्वर कुमार श्रेष्ठ, जो स्वयं शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहनु भएको छ, उहाँले हस्तलेखनजस्तो आधारभूत तर महत्त्वपूर्ण पक्षप्रति ध्यान दिनु अत्यावश्यक रहेको बताउनुभयो। उहाले यस तालिमले विद्यार्थीमा अनुशासन, ध्यान केन्द्रित गर्ने क्षमता र शैक्षीक गुणस्थर विकासमा सहयोग गर्ने बताउनु भयो । श्रेष्ठले क्लब र विद्यालयबीचको सहकार्यलाई “सकारात्मक शिक्षाशैलीको सुरुवात”को संज्ञा समेत दिनुभयो ।

कार्यक्रममा आयोजका तर्फबाट क्लवका उपाध्यक्ष पोषनाथ अधिकारीले स्वागत मन्तव्य राख्दै लायन्स क्लबको उद्देश्य, विश्वव्यापी सेवा अभियान, र समुदायमा शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतनाका क्षेत्रमा निरन्तर भइरहेको योगदानबारे प्रकाश पार्नुभयो । उहाँले लायन्स क्लब एक अन्तर्राष्ट्रिय सेवा संस्था भएको र हामी सेवा गर्छौं भन्ने मूल मन्त्रका साथ विश्वभर लाखौं स्वयंसेवक मार्फत समाज सेवामा समर्पित रहेको उल्लेख गर्दै नेपालमा पनि यस क्लबको विभिन्न शाखाहरूले शिक्षा, स्वास्थ्य, दृष्टि सुधार, वातावरण संरक्षण, युवा विकास लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको उल्लेख गर्नु भयो । “हामी केवल सेवा गर्दैछौं भन्ने होइन, समाजलाई सकारात्मक दिशातर्फ उन्मुख बनाउने प्रयास गर्दैछौं,” स्वागतका क्रममा उहाले बताउनु भयो ।

विद्यालय प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको अध्यक्षता गर्नुभएका क्लबका अध्यक्ष नारायण कुमार श्रेष्ठले यस कार्यक्रमले विद्यार्थीहरूमा लेखाइ सुधारको माध्यमबाट उनीहरूको समग्र शैक्षिक गुणस्तर सुधारमा योगदान र्पुयाउने विश्वास व्यक्त गर्नु भयो ।
यस्ता तालीमहरू शिक्षालाई व्यवहारिक बनाउने, विद्यार्र्थीमा आत्मविश्वास बढाउने र विद्यालयलाई सिर्जनात्मक अभ्यासको थलो बनाउने उत्कृष्ट पहल भएको भन्दै विद्यालयको आग्रहमा थप तिन दिन सम्म प्रशिक्षणलाई निरन्तरता दिन लायन्स क्लब अफ धादिङ नीलकण्ठले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लायन्स क्लव  अफ धादिङ नीलकण्ठले विगतदेखि नै रक्तदान, आँखा परीक्षण, शिक्षा सामग्री वितरण, वृक्षारोपण, नेतृत्व विकास तालिमजस्ता विविध कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गर्दै हस्तलेखन तालिम त्यही शृङ्खलाको पछिल्लो खुड्किलो भएको बताउनु भयो । उहाले क्लव निरन्तर विद्यालयसँग सहकार्य गर्न लागीपर्ने समेत बताउनु भयो । कार्यक्रममा क्लबका सचिव सरणकुमार श्रेष्ठ, सदस्य जीवन श्रेष्ठ, विद्यालयका शिक्षक, कर्मचारी, तथा छात्रछात्राहरूको उपस्थिति थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0