धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,९ असोज
नयाँ व्यवसाय गर्ने सोच बनाएकाहरुको लागि लगानी जुटाउने काममा आफुले सहयोग गर्ने नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनु भएको छ । व्यवसाय गर्नको लागि अगाडी बढ्ने वडाका नागरिकहरुलाई राम्रो योजना लिएर आए आफुले लगानी जुटाउने काममा सहयोग गर्ने बताउनु भएको हो । विदेशमा जस्तै स्वदेशमा खटिने हो भने राम्रो आम्दानी लिन सकिने भन्दै उहाँले स्वदेशमा पनि धेरै गर्न सकिने ठाउँहरु रहेको स्पष्ट पार्नुभयो । युवाहरुलाई रोजगारी सँग जोड्न गरी वडाले पनि कार्यक्रम सुरु गरेको बताउनुभयो ।वडालाई तीन वटा पकेट क्षेत्रमाको रुपमा विभाजन गरेर काम गर्न लागिएको बताउनुभयो । बैदेशिक रोजगारको क्रममा आफ्नै नजिकैको चिनेजानेको व्यक्तिबाट ठगि हुने गरेको पनि बताउनुभयो । सुरक्षित आप्रवास सामी कार्यक्रम अन्तरगत मंगलबार सम्पन्न भएको सामुदायिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो ।

बैदेशिक रोजगारमा जाँदा पनि सहि सुचना र सिप सिकेर मात्र जानुपर्ने भन्दै उहाँले सिप नभएको मानिसले जहाँ गएपनि दुख पाउने बताउनुभयो ।वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति हेमराज श्रेष्ठ,वडा सचिव लक्ष्मण पौडेल ,वडा सदस्यहरु छबी काप्री, उमेश मगर, विमला बराईली,सामी कार्यक्रम संयोजक दिनेश दुवाडी,सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीको आतिथ्यता रहेको थियो ।बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादीत बनाउनको लागि समुह स्तरमै गएर जानकारी गराउने उदेश्यले कार्यक्रम सम्पन्न गरीएको हो। सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।बैदेशिक रोजगारमा देखीएको समस्या न्युनीकरण गर्नको लागि नीलकण्ठ नगरपालिकाले नगरभित्र सचेतनाको कार्यक्रम सन्चालन गर्दै आईरहेको छ । बैदेशिक रोजगारको कारणले उत्पन्न हुने समस्या कम गर्नको लागि नीलकण्ठ नगरपालिकाले आप्रवासी स्रोत केन्द्र सन्चालन, वित्तिय साक्षरता,मनोसामाजिक समस्या न्युनीकरण,न्याय र पैरवीमा काम गर्दै आईरहेको छ ।कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडी, सामाजिक परिचालन अधिकृत सम्झना भण्डारी र मनोविमर्शकर्ता रामकुमार थापा,वित्तीय सहजकर्ता सरस्वती लम्सालले सुरक्षित बैदेशिक रोजगारको प्रक्रिया र विद्यमान समस्याको विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रममा कागजपत्रको महत्व,सिपको महत्व,ईजाजत्र प्राप्त म्यानपावर कम्पनीबाट मात्र जानुको फाइदा,रकम वा पासर्पोट बुझाउदा भरपाई गर्दाको फाईदाको विषयमा कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी गराउनु भएको थियो । यसैगरी सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले वित्तीय साक्षरता कक्षको उदेश्य,बैदेशिक रोजगारको कारण हुने पारिवारीक बेमेल,वित्तीय लक्ष निर्धारणको प्रक्रिया र बैदेशिक रोजगारको प्रक्रियामा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो। यसैगरी मनोविमर्शकर्ता रामकुमार थापा र वित्तीय सहजकर्ता सरस्वती लम्सालले बैदेशिक रोजगारको कारण उत्पन्न हुने मनोसामाजिक समस्या,लक्षण,वित्तिय साक्षरता कक्षाको फाईदा,कक्षाको छनौट प्रक्रिया, २१ हप्ता सम्म सन्चालन हुने विषय बस्तु,यसबाट पर्ने सकारात्मक प्रभाव, पारिवारीक विखण्डन रोक्ने उपाय,धरेलु हिंसाबाट उत्पन्न हुने समस्याको विषयमा जानकारी गराउनु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |