धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,३ साउन
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ र ४ को सिमानामा निर्माधिन बोलिजो डाँडा मिनि बुद्ध पार्कमा बृक्षारोपण गरीएको छ। मंगलबार निर्माधिन बोलिजो डाँडामा जाने सिंढीको वरपर बृक्षारोपण गरीएको वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश वाईवाले जानकारी दिनुभयो ।

सिंढी निर्माणको क्रममा वरपरको बोटविरुवाहरु काटिएको कारण सोहि स्थानमा विभिन्न जातका ७१२ वटा बोट विरुवाहरु रोपिएको वडा अध्यक्ष वाईवाले जानकारी दिनुभयो।प्रदेश सरकाबाट बिनियोजित २५ लाख रुपैँयाबाट बोलिजो डाँडा मिनि बुद्ध पार्कको प्रवेशद्घार र २ सय १४ मिटरको सिंढी (६ सय २२ वटा) सिंढी निर्माण सम्पन्न भईसकेको छ।

वि.स.२०७७ सालमा उक्त पार्कमा डिपिआर निर्माण कार्य सम्पन्न भएको थियो ।बोलिजो डाँडा मिनि बुद्ध पार्क निर्माणको लागि डिपिआर निर्माणको लागि खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले आर्थिक सहयोग गर्नुभएको वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश वाईबाले जानकारी दिनुभयो ।

व्यक्तिगत पैसा दिएर डिपिआर निर्माण गरीएको भन्दै वाईबाले बोलिजो डाँडा मिनि बुद्ध पार्कको हरेक कार्यक्रममा खनियावास गाउँपालिकाका अध्यक्ष तामाङको सहभागिता रहने गरेको छ ।बृक्षारोपण कार्यक्रममा पनि उहाँको सहभागिता रहेको वाईबाले जानकारी दिनुभयो ।

सिंढी वरपर लालीगुराँस,धुपी सल्ला,धुपी,पैयुँ लगायत विभिन्न प्रजातिका बोटविरुवाहरु रोपिएको छ ।यस आर्थिक बर्षमा बोलिजो डाँडा मिनि बुद्ध पार्क निर्माणमा बजेट बिनियोजन नगरेको प्रति वाईबाले दुखेसो पोख्नुभएको छ ।आफु धेरै पटक प्रदेश र संघमा बजेट माग्न गएपनि कँहिबाट पनि बजेट बिनियोजन नभएको भन्दै दुख व्यक्त गर्नुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |