धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ । धादिङको गजुरी गाउपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउपालिकामा शुसासन,पारदर्शिता र जवाफदेहिता कायम गर्न आ.व. २०७९।०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
गजुरी गाउपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले गाउपालिकाका बिकास निर्माण,योजना,स्वास्थ्य, शिक्षा, कृषि लगाएतका पालिका बाट भएका सेवा प्रवाह तथा कार्यसम्पादनको बिषयमा प्रश्न तथा जिज्ञासाहरु राखेका थिए ।
प्रश्न तथा जिज्ञासाहरुलाई गजुरी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी,उपाध्यक्ष शर्मिला बिसुराल,अध्यक्ष गणेशलाल श्रेष्ठले सम्बोधन गर्नु भएको थियो ।
धादिङ संचार प्रा.ली.को सहजीकरणमा भएको कार्यक्रममा गाउपालिकाका निर्वाचित जनप्रतिनिधि,राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि,संघसस्थाका प्रमुख एवम् प्रतिनिधि,नागरिक अगुवा लगाएत गजुरी गाउपालिका बासीहरुको सकृय सहभागीता रहेको थियो ।गाउपालिकाले सार्वजनिक सुनुवाईकै अवसर पारेर गाउपालिका बिशेष गजुरी बुलेटिनको बिमोचन समेत गरेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |