धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१ जेठ ।
नेत्रावती डबजोङ गाउँपालिकामा नसर्ने रोगहरुका स्किृनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघ धादिङको आयोजना, नेत्रावती डबजोङ गाँउपालिकाको स्वास्थ्य शाखासंगको समन्वय र एकीकृत सामुदायिक विकास अभियान(आईसीडिसी) धादिङको स्थानीय सहयोगमा शिविर सम्पन्न भएको हो ।
नेत्रावती डबजोङका ३० बर्ष माथि उमेर समुहका नागरिकहरुको नसर्ने रोगहरुको स्कृनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो आईसिडीसी धादिङका राजन दुवाडीले जानकारी दिनुभयो ।नेत्रावती डबजोङ गाँउपालिका वडा नं ४को नेत्रावती अस्पतालमा १०० जना र सोहि पालिकाको वडा नं ३को सेमजोङ स्वास्थ्य चौकीमा ११४ गरि जम्मा २१४जनाको स्वास्थ्य परिक्षण गरीएको छ ।
जसमा महिला १३८ र पुरुष ७६ जनाको शारीरिक चेकजाँच, सुगर,प्रेसर,पिसाब,उचाइर तौल लगायत अन्य जाँचहरु गरिएको थियो।कार्यक्रममा धादिङ जिल्ला अस्पतालका डा.सविन भण्डारी,नेत्रावती अस्पतालका डा.उत्तम थापा मगर,स्वास्थ्यकर्मीहरु देवेन्द्र श्रेष्ठ ,लिला कुमारी तामाङ,गीता घले,किरण थापा मगर,सुमन कुमार श्रेष्ठ र सेमजोङ स्वास्थ्य चौकीको इन्चार्ज कविता बोगटी,स्वास्थ्यकर्मीहरु सरस्वती सुनार,सविता यादब,पवित्रा रावत,कृष्ण श्रेष्ठ लगायतले शिविरमा सेवाग्राहीलाई सेवा दिनु भएको थियो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सिता माया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह, स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्री पौडेल, वडा नं ४का वडा अध्यक्ष तिल ब. गुरुङ,वडा नं ३का वडा अध्यक्ष सुरेश वाइवा, आइसिडिसि का राजन दुवाडी लगायतले शिविरको अवलोकन गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |