धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,२५ बैशाख
नेत्रावती डबजोङ गाउँपालिकामा ३ दिने माध्यमिक तह शिक्षक तालिम सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजना तथा जुपिटर नेपालको प्राविधिक सहयोगमा शुक्रबार देखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।शिक्षकहरुको मनोवल बृद्धि गर्न, पेशागत विकासमा सुधार गर्न, क्षमतामा ह्रास हुनबाट बचाउन, शिक्षा र सिकाई उपब्धिमा सुधार ल्याउने उद्धेश्यले तालिम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो ।

तालिममा विषयगत समस्या, शिक्षण पद्धति नयाँ पाठ्यक्रमले तोकेका सैद्धान्तिक तथा व्यावहारिक पक्षहरू, शिक्षण पद्धति र प्रविधिको प्रयोग लगायतका विषयमा छलफल भएको शिक्षा शाखाका प्राविधिक सहायक डोलमाया तामाङले बताउनुभयो ।

गाउँपालिका भित्रका ८ वटा माध्यामिक विद्यालयका गणित र अङ्ग्रेजी विषयका २४ जना शिक्षकहरुको तालिममा सहभागिता रहेको थियो ।
तालिममा बुढानीलकण्ठ विद्यालयका गणित विभागका हरिशरण पण्डित र ब्रिटिस काउनशील स्कुल एमबेसडरका चुडामणि सुवेदीले सहजिकरण गर्नुभएको थियो ।तालिममा समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, शिक्षक समितिका सदस्यहरु, विभन्न वडाका वडा अध्यक्षहरु लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |