Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

शरणार्थी प्रकरण : गम्भीर छानबिन माग सांसदको माग

नीलकण्ठ एफ.एम २६०३ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २५, सोमबार (३ साल अघि)
शरणार्थी प्रकरण : गम्भीर छानबिन माग सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राख्नुभएको छ ।

सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्नुहुँदै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले यस विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

“जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्”, सांसद केसीले भन्नभयो, “यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।”

सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन आवश्यक रहेको बताउनुभयो । सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररुपमा लिनुपर्ने बताउनुभयो । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराउनुभयो ।

“कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद अच्युतप्रसाद मैनालीले हात्ती आतङ्कको विषय उठाउनुभएको थियो ।

बारा जिल्लामा करिब एक हप्तादेखि हात्ती आतङ्क चलिरहेकाले त्यसलाई नियन्त्रण गरिनुपर्नेमा उहाँले संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको हो । सांसद अञ्जनी श्रेष्ठले चितवनका व्यवसायी शङ्कर कँडेलको आत्महत्याबारे गम्भीररुपले छानबिन हुन नसकेको विषय उठाउनुभएको थियो । त्यस्तै सांसद अनिता देवीले स्यानिटरी प्याडको मूल्य महँगो भएको भन्दै यसमा शून्य करको व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो ।

“स्यानिटरी प्याड विलासिताको वस्तु नभएर आधारभूत आवश्यकताको वस्तु हो । यसकारण स्यानिटरी प्याडमा अहिले लागिरहेको सबै कर हटाएर शून्य करको व्यवस्था गरिनुपर्छ”, उहाँले भन्नुभयो । सांसद अनिसा नेपाली र आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । अहिले बजारमा भारतीय तरकारी छ्याप्छ्याप्ती रहेको तर नेपाली उत्पादनले बजार नपाएको उल्लेख गर्नुहुँदै सांसद नेपालीले आन्तरिक उत्पादन बढाउन र बजार खोज्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

सांसद आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई बढावा दिन जल, मल, बीउ, विषादी समयमै उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै भूमिहीन सुकुम्बासीका समस्यालाई पनि सरकारलाई गम्भीररुपमा लिनुपर्ने उहाँको भनाइ छ । सांसद अमृतलाल राजवंशीले पनि अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या आजको संसद्मा उठाउनुभएको छ ।

सांसद अम्मरबहादुर रायमाझीले अहिले स्वास्थ्य सेवा निकै महँगो भएको धारणा राख्नुहुँदै सबै नागरिकलाई स्वास्थ्यमा सहज पहुँचका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । त्यस्तै कटारी अस्पताललाई ५० श्ययाको सुविधासम्पन्न अस्पताल बनाउन पनि उहाँले माग राख्नुभयो ।

सांसद ईश्वरी घर्तीले सबै जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरी अनिवार्यरुपमा सरकारी विद्यालयमा भर्ना गरिनुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो । सङ्घीय शिक्षा ऐन बन्न नसक्दा शिक्षा क्षेत्रको गुणस्तर थप खस्किँदै गएकोबारे पनि उहाँले संसद्को ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनाको काम अलपत्र परेकोबारे सांसद ऋषिकेश पोखरेलले संसद्मा कुरा उठाउनुभएको छ । सांसद ऐनबहादुर शाही ठकुरीले हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन गर्नेक्रममा मुगु जिल्लामा हिमपहिरोमा परी केही व्यक्ति हराइरहेकाले ती व्यक्तिको खोजबिन गरिनुपर्ने र थप दुर्घटना हुन नदिन विपद् व्यवस्थापन तथा पूर्वतयारीका विषयलाई सरकारले गम्भीररुपले लिनुपर्ने बताउनुभयो ।

आजको संसद्मा सांसद गणेश पराजुलीले काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनका चुनौतीको विषय संसद्मा उठाउनुभएको थियो भने सांसद गङ्गा कार्कीले दोलखाको तामाकोशी पुल जीर्ण भइसकेकाले उक्त पुल जीर्णोद्धार गरिनुपर्ने माग राख्नुभयो । सांसद चन्दा कार्की भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सूर्तीजन्य वस्तुमा कर बढाएर ४० देखि ५० प्रतिशत हाराहारी पु¥याउनुपर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

  • सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • समाचार
    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0