धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२२ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि संयुक्त अभ्यास गरिएको हो ।
अल्छिडाँडा स्थित खेलमैदान माथिको पहिरोमा पहिरोबाट बच्ने उपाय, पहिरोमा परेकाहरुको उद्धार कसरी गर्ने भन्ने लगाएतका बिषयमा नमूना अभ्यास गरिएको हो । अभ्यास प्रदर्शनीको क्रममा नीलकण्ठ नगरपालिका वडा नं ४ मा पहिरो जाँदा वेपत्ता भएका चार जनाको उद्धार गरी उपचारार्थ अस्पताल लगिएको नाटक गरिएको थियो।
पहिरोले घाईते भएकाहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घट्ना स्थलबाट उद्धार गरी अस्पताल पठाएको तथा बेपत्ताको खोजी गरेको देखाइएको थियो।
संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास नामाकरण गरिएको छ। अभ्यास कार्यक्रममा वडा अध्यक्षहरु, रेडक्रसकर्मी, एनसिसि तालिम प्राप्त विद्यार्थीहरु, स्थानीय युवा, तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |