धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,१७ बैशाख
चक्रदेवी टोलको विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रदेश सांसद गोविन्द लम्सालले बताउनुभएको छ । नागरिकहरुको आवश्यकताको आधारमा आफुले सहयोग गर्ने भन्दै उहाँले यहाँका समस्याहरु पहिचाहन गर्नको लागि समेत आग्रह गर्नुभएको छ । चक्रदेवी युवा क्लबको भवन तथा खेल मैदान उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै लम्सालले नागरिकहरुको गुनासो नआउने गरे काम गर्ने प्रवितबद्धता व्यक्त गर्नुभयो । क्लबको लागि पनि आगामी दिनमा आवश्यकताको आधारमा सहयोग गर्ने भन्दै समस्याहरुको बारेमा आफुलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो ।

यसैगरी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रममा विशेष अतिथी यमनाथ दनैले छोटो समयमा क्लबले गरेका कामलाई धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तरता दिनको लागि आग्रह गर्नुभयो । पाँच बर्ष भित्रमा चक्रदेवी टोलमा एक घर एक धारोको व्यवस्थापन गर्ने भन्दै उहाँले सडक,कृषि,शिक्षा तथा पर्यटनको क्षेत्रमा पनि सहयोग गर्ने बताउनुभयो । क्लबको विकासको लागि गाउँपालिका तयार रहेको भन्दै क्लब र स्थानीय तहबिच सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ स्थित चक्रदेवी टोलमा निर्माण गरीएको क्लबको भवन तथा खेल मैदानको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो ।चक्रदेवी युबा क्लबको आयोजनामा निर्माण सम्पन्न भएको क्लबको भवन र खेल मैदानको बागमती प्रदेशका प्रदेश सांसद गोविन्द लम्सालले उद्घाटन गर्नुभएको हो । चक्रदेवी युवा क्लबका अध्यक्ष कुल बहादुर झ्यारीको अध्यक्षता र बागमती प्रदेशका सांसद गोविन्द लम्साको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि नरेन्द्र भट्ट, नेपाली काँग्रेसका ज्वालामुखी गाउँपालिकाको सभापति रेशम काप्री,वडा नम्बर ३ का वडा अध्यक्ष उमेश श्रेष्ठ,नेपाली काँग्रेसका वडा नम्बर ३ वडा सभापति पुष्कर तामाङ,वडा सदस्यहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधि,छिमेकी क्लबका अध्यक्ष,समाजसेवी,बुद्धिजिबी लगायत सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।


कार्यक्रममाको अवसर पारेर भवन र खेल मैदान निर्माणको लागि जग्गा दान गर्नुहुने जग्गादाता पदम कुमारी मगर र खेल मैदान निर्माण र कार्यक्रम सन्चालन गर्नको लागि सबैभन्दा बढी आर्थिक सहयोग गर्नुहुने हेमलाल मगरलाई सम्मान गरीएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद गोविन्द लम्साल र विशेष अतिथी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले दोसल्ला र सम्मानपत्रबाट सम्मान गर्नुभएको हो ।


क्लबले कार्यक्रमकै अवसर पारेर १०२ बर्षिय ईन्द्र कुमारी आलेलाई दोसल्ला ओढाएर र हर्लिक्स दिएर सम्मान गरेको छ । कार्यक्रममा ४ हजार भन्दा बढी आर्थिक सहयोग गर्नुहुनेहरुलाई सम्मान गरीएको थियो।उद्घाटन समारोहमा क्बलले कार्यक्रमका प्रमुख अतिथी र विशेष अतिथीलाई क्लबको मानार्थ सदस्यको रुपमा सम्मान गरेको छ । गत भदौमा स्थापना भएको उक्त क्लबले छोटो अवधिमा परिणाममुखी काम गर्न सफल भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |