धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,३ बैशाख ।
नेपाल निजामती कर्मचारी युनियनको आयोजनामा आईतबार नयाँ बर्षको शुभकामना तथा भितेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी युनियनको भितेपात्तो विमोचन गर्नुहुदै नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले युनियनमा आबद्ध भएका कर्मचारीहरूलाइ जनताको काम गर्दा ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ ।
नब बर्ष वि.स. २०८० सालको शुभकामना दिनुहुदै अधिकारीले कर्मचारीहरुको समस्यामा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्सालले विगत देखीनै नेपाल निजामती कर्मचारी युनियनले कर्मचारीहरुको हक अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको बताउनुभयो ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङका अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रदेश सांसद गोविन्द लम्सालको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्यहरु, बागमती प्रदेशका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि र नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङका पदाधिकारीहरुका उपस्थित रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |