धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
आज काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा परेको छ । हावाको प्रदुषण मापन गर्ने सूचक आइक्यु एयरले काठमाडौँलाई संसारकै प्रदुषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो । आइक्यु एयरका अनुसार अहिले काठमार्डौको प्रदुषणको स्तर १ सय ७२ पुगेको छ ।
प्रदुषित सहरको सूचीमा पहिलो नम्बरमै पुगेपछि विज्ञले सावधानी अपनाउन आग्रह गरेका छन् । पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा देखा परेकाले वायु प्रदुषण बढेको विज्ञको भनाइ छ ।
आजदेखि नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदूषण हट्न भने अझै केही दिन लाग्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले तोकेकोभन्दा २२ गुणा बढी प्रदुषण काठमाडौंको हावामा देखिएको छ ।
जनस्वास्थ्य विज्ञहरूले भने वायु प्रदूषणका कारण स्वाथ्यमा विभिन्न समस्या देखापर्ने भन्दै आवश्यक सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् । वायु प्रदुषण बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै पर्ने भएमा मास्कको अनिवार्य प्रयोग गर्न जनस्वास्थ्य विज्ञको सुझाव छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |