Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ११, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

प्रतिफलमुखी योजना निर्माणमा स्थानीय तहको चासो

नीलकण्ठ एफ.एम ७५१ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (३ साल अघि)
प्रतिफलमुखी योजना निर्माणमा स्थानीय तहको चासो

स्थानीय सरकारलाई दिगो र महत्वपूर्ण ठूला आयोजना निर्माणका लागि अनुदानसँगै ऋण परिचालन गर्नसक्ने गरी सङ्घ सरकारबाट कानुनी अड्चन फुकाइदिन मधेस प्रदेशका जनप्रतिनिधिले आग्रह गरेका छन् ।

नगर विकास कोषले जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रममा सहभागी जनप्रतिनिधिले राजस्वको १२ प्रतिशतभन्दा बढी ऋण परिचालन गर्न नसक्ने व्यवस्थाले स्थानीय तहलाई असहज बनाएको गुनासो गरेका थिए ।

ऋण लिने सीमा निर्धारणको सिफारिस गरेकोे प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले दायरा बढाउन आयोग तयार रहेको बताउनुभयो । “ऋणको स्रोत पहिचानसँगै योजना छनोट, लगानी र असुलीको स्पष्ट कानुनको अभाव छ, लगानी बढाउने र ऋण उठाउने हो भने सबैभन्दा पहिले सरकारले कानुन बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले प्रतिआयोजना रु ५० करोडसम्मको लगानी गर्न कोष तयार रहेकोे बताउनुभयो । “ऋणबाट आयोजना बनाउँदैमा मेरो राजनीति सकियो भन्ने सोच नै पहिलो बाधक छ, प्रतिफलमुखी आयोजना ल्याउनुहोस्, प्राविधिकलगायतका सम्पूर्ण काम हामी गरिदिन्छौँ, क्षमता विकास गराउँछौँ, लगानी गर्छौं, त्यही आयोजनाले ऋण तथा व्याज तिर्न सक्छ”, उहाँले भन्नुभयो ।

एउटा कार्यकाल बिताइसकेको स्थानीय सरकारको दोस्रो कार्यकालका लागि निर्वाचित भएर आउँदा पनि अधिकारको विषय सधैँ पेचिलो बनेको नगरप्रमुखको गुनासो थियो । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, बोधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायतले स्थानीय सरकारको अधिकार सङ्कुचित नगर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभएको थियो ।

नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले आन्दोलनका लागि समेत तयार रहनुपर्ने बताउनुभयो । “लगानीको वातावरण बनाउन कहिले जग्गा त कहिले वनको समस्याका कारण आयोजना वर्षौंदेखि कागजमा मात्रै सीमित हुने अवस्थाको अन्त्य गर्दै पर्याप्त ऋण लगानीको बाटो खोलिदिन सङ्घीय सरकारले कञ्जुस्याइँ गर्न हुँदैन”, अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “यस्तै अवरोध र असहज अवस्था कायमै रहने हो भने जनताको सपना लिएर निर्वाचित भएका जनप्रतिनिधि एकैपटक आन्दोलनमा आउनुको विकल्प देख्दिनँ ।”

मधेस प्रदेशको विकासका लागि सम्भावित योजना, लगानीको नवीन क्षेत्र, आयोजना छनोटको विधि, ऋण लगानी र असुलीका कानुनी व्यवस्थालगायतका विषयमा कोषले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मधेस प्रदेशका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक लगायतको सहभागिता थियो ।

एकदिने यस कार्यशालामा पूर्वसचिव कृष्णहरि बास्कोटा, कार्यकारी निर्देशक सापकोटा, कोषका उपप्रबन्धक राजेशकुमार भोछिभोया, देवान राई, सूर्यबहादुर कार्की र सुवासराज पन्तले प्राविधिक विषयमा धारणा राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

  • सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • समाचार
    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0