धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले महिला सशक्तिकरण र विकासका लागि राज्यका तर्फबाट प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री दाहालले महिलाको प्रजनन स्वास्थ, शिक्षामा सुधार हँुदै गएको, सूचना प्रविधिलाई महिलामैत्री बनाउने र विदेशमा काम गर्न गएका महिलालाई सुरक्षित वातावरण बनाउने र समस्या भएमा सरकारले सहयोग गर्ने बताउनुभयो ।
“संविधान र कानुनले महिलाको हक अधिकारका लागि एतिहासिक महत्वपूर्ण व्यवस्था गरेको छ, स्थानीय तहदेखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,” उहाँले भन्नुभयो, “महिलालाई राजनीति, सामाजिक र आर्थिक अधिकारमा समानरूपले अघि बढेको छ ।”
प्रधानमन्त्री दाहालले संविधानले महिलाको हकलाई मौलिक हकमै व्यवस्था गरेको भन्दै नीतिगत, कानुनी र संरचना सुधार हुँदै आएको बताउनुभयो । महिलाले शारीरिक रूपमा गर्न सक्दैन भन्ने कुरालाई महिलाले जनआन्दोलनदेखि आफ्नो क्षमता देखाएको उहाँले स्मरण गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकता, सङ्घर्ष र विजयको प्रतिकका रूपमा मनाउँदै आएको र महिलाको सम्मानजनक जीवनयापन गर्नका लागि राज्यले अधिकतम प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले संविधान र कानुनमा व्यवस्था भए पनि पैतृक सम्पत्तिमा व्यवहारिक रूपमा अघि बढाउन नसक्नु चुनौतीपूर्ण बनेको बताउनुभयो ।
मन्त्री शर्माले पछिल्लो समयमा तीव्ररूपमा सूचना प्रविधिको विकास भए पनि त्यसको महिलाले सही रूपमा प्रयोग हुन नसकेको र प्रविधि महिलामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले महिला अधिकारको बहुआयामिक क्षेत्रबाट अध्ययन गरी महिलाविरूद्धका घटनाको उजुरी लिने, अनुगमन गर्ने र दोषीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको बताउनुभयो ।
राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले आयोगले महिलाको हक, अधिकारको रक्षा गर्ने काम गरिरहेको बताउनुभयो । महिला मन्त्रालयका विज्ञ सदस्य सविन श्रेष्ठले ‘नेपालमा लैङ्गिक समानताको यात्रा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यपत्रमा परराष्ट, न्याय, सुरक्षाको क्षेत्रमा महिलाको सहभागिता बढदै गएको उल्लेख छ । कार्यक्रममा शक्ति समूहको तर्फबाट हरेक क्षेत्रमा महिलाले काम गर्न सक्छन् भन्ने सन्देशमूलक नृत्य प्रस्तुत गरिएको थियोे ।
‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |