धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
बागमती प्रदेशसभाबाट प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित भएका छन् । प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा बनेको विधेयक २०७९ तथा स्थानीय तहको सेवाको गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरिएका हुन् ।
आइतबार विधेयक व्यवस्थापन समितिले उक्त विधेयकका विषयमा दफावार छलफल गरेपछि दुवै विधेयक प्रदेशसभामा पेस गरिएको थियो । प्रदेशसभामा सभामुख भूवनकुमार पाठकले बैठकमा निर्णयार्थ पेस गरेका दुवै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले सभाबाट स्वीकृत गरेको थियो ।
सो सभाले विधेयक स्वीकृत गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रमाणीकरण भएपछि तत्काल कार्यावन्यनमा आउने बताइएको छ । प्रदेश निजामती सेवा नभएका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |