धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
काठमाडौँ,१५ फागुन ।
ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्यामा चालकलाई कारबाही गरेको हो ।
कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |