Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ४, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्ध

नीलकण्ठ एफ.एम १८११ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १, सोमबार (३ साल अघि)
नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्ध

राजेन्द्र न्यौपाने ।
१०४ वर्षिय जहाँनीय राणा शासन कालमा आफ्नो खेतबारीमा काम गर्दा गर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमा पर्यो र त्यस घरमा कन्या राम्री रहिछन् भने राणाको गलत नजरमा पर्नु पर्दथ्यो । त्यस घरको पूरुष राणाको भरिया बन्नु पर्दथ्यो । गाउँमा रहेका आर्थिक रुपले विपन्न समुदाय बोक्सी, छौडा लगायतका अन्धविश्वासका साधन बनाइने र विभिन्न प्रकारका यातना दिने गरिन्थ्यो । प्रजातन्त्र प्राप्तिका लागि तत्कालिन अवस्थामा राजा त्रिभुवन सहित नेपाली जनताले विद्रोह गरेर राणा शासनको अन्त्यभयो ।

केहीवर्ष राणाकै निगरानीमा शासन शैली सञ्चालन भएपनि २०१५ सालमा आम निर्वाचन भयो । यो निर्वाचन राणा र राजालाइ मन परेको थिएन त्यसैले २०१७ सालमा राजा महेन्द्रले शासन सत्ता आफ्नै हातमा लिए । त्यति बेला विकास निर्माणका केही पूर्वाधार खडा गरेको र विदेशी सामू नझुेको इतिहास रहेको छ । उनको मृत्युको सहि कारण अझै पत्ता लागेको छैन । भौतिक पूर्वाधारका क्षेत्रमा राजा महेन्द्रले गरेका निर्माणहरु अहिले सम्म प्रयोगमा रहेका छन् ।

पञ्चायती शासन व्यवस्थाका विरुद्ध काँग्रेस र कम्युनिष्टहरु आन्दोलनमा रहि रहे, २०४६ सालको जन आन्दोलनबाट २०४७ सालमा बहुदलको घोषणा भयो । बहुदलको घोषणा भएको कुरा राजपरिवार भित्र र विदेशी शक्तिलाइ मन परेको थिएन । २०४७ पछि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकासको थालनी सुरु भयो । गाउँ गाउँमा विद्यालय र स्वास्थ्य चौकीहरु खुल्न थाले । जनताका आधारभूत आवश्यकताहरु ज्यूँ का त्यूँ रहे । शब्दमा प्रजातन्त्र भने पनि व्यवहारमा राणाहरुले गर्ने व्यवहार भन्दा फरक व्यवहार जनताले पाउन सकेनन् ।

२०५२ सालबाट जनयुद्धको घोषणा भइ २०६२ सम्म अधिकार जनतालाइ दिन खोज्ने र अधिकार दिन नखोज्ने वीच युद्ध भयो । युद्धमा राज्य पक्षबाट निर्मम ज्यादती भयो । जहाँनीय राणाशासन कालको भन्दा निक्कै कठोर यातना र पिडा नेपाली जनसमुदायले भोग्नु पर्यो । मुलुक शान्ति प्रक्रियाबाट आजको स्थान सम्म आइसकेकाले युद्धका नाममा भएका भयानक र अकल्पनीय घटनाहरुलाइ यहाँ सबै उल्लेख गर्न सकिएन ।

पछिल्लो समय २०६४ सालदेखि परिवर्तनका लागि जनताको अधिकार स्थापित गर्न लागि परेको नेकपा माओवादी केन्द्र सरकार र सत्तामा निरन्तर सहभागि रहेको छ । यस वीचमा जनताका धेरै अधिकारहरु स्थापित भएका छन् । ग्रामीण क्षेत्रमा स्थानीय सरकार स्थायी रुपमा जनताको सेवाका लागि रहेको छ । काठमाण्डौबाट मात्रै सम्पादन हुने कामहरु प्रदेशमा पुगेका छन् । नीतिगत रुपमा जनताका मागहरु सम्बोधन हुने गरी योजनाहरु आएका छन् ।

धेरै राम्रा कामहरु हुँदाहुँदै पनि परिवर्तनमा अवसर खोज्ने ढोँगीहरुको कमि भने माओवादी भित्र कम छ भन्न सकिदैन । विशेषगरी सत्तामा पुगेपछि क्रान्तिकारी नेताहरु पुरानै शैली र व्यवस्थामा भुल्ने गरेका छन् । भौतिक सेवा सुविधामा हराएका छन् । भए गरेका राम्रा कामहरुको समेत अभिलेखिकरण गर्न सकेका छैनन् । आफ्नो अवसरको लागि नेतृत्वलाइ गुहार गर्ने काममा सबै लागि परेका छन् तर नेतृत्वले गरेका असलकामको बारेमा नागरिक स्तरसम्म पुग्ने गरी बोल्न र लेख्न हिच्किचाउँछन् । शहिद वेपत्ता जनहरुलाई शब्दले सम्मान गर्दछन् तर तिनका परिवाजनका समस्यामा साथ दिनवा समस्या बुझ्न कहिल्यै अघि सर्दैनन् । ग्रामीण क्षेत्रमा हुने विकास निर्माणका योजनाबाट लाभ लिने मनसाय राख्दछन् र शहरका विभिन्न भागमा कँक्रिट महलको सपना देख्दछन् । सपना पूरा हुनेहरु झनै ठूला नेता हुने, मन्त्री हुने र अझै माथि पुग्ने योजनामा विभिन्न हतकण्डा अपनाउँछन् । शहरमा महल नहुनेहरु पिडामा छटपटिएर आफ्नो केही नभएको भन्दै क्रान्ति र आन्दोलन व्यर्थ रहेको भन्दै गुनासो गरिरहन्छन् ।भौतिक बस्तुलाईमात्र आफ्नो हो भन्ने ठान्नेहरु क्रान्तिकारी होइनन् । जनताले पाएको अधिकार र न्यायलाइ आफ्नो ठान्न सक्नुपर्दछ ।

साच्चै यो आन्दोलन लुकीछिपि धन बटुल्न, आफ्ना छोराछोरीलाइ थरीथरी ब्राण्डका रक्सीको पोखरीमा डुबुल्की लगाउन, विदेश सयर गराउन, आफ्नै नाममा सिँगो पृथ्वी नै प्लटिङ गर्न तर्फ अग्रसर हुन,नयाँ नयाँ श्रीमती बटुल्न, गलत कामको विरोध गर्ने असल कार्यकर्ताहरुको हत्या योजना तयार गर्न, शहिद वेपत्ता परिवारजनलाई हेयको भावना हेर्न, सत्ताको आडमा कर्मचारी सरुवा बढुवा गरी लाभ लिन गरिएको थिएन ।

तिमीहरु कार्यकर्ता हौ बाचुञ्जेल हाम्रो सेवा गर्नुपर्छ, तिमीहरुलाई नेता बनाएर हामीले झोला बोक्न मिल्दैन भन्दै आफै मात्रै नेता बन्न खोजिरहने प्रयोजनका लागि क्रान्तिको सुत्रपात भएको थिएन । कमरेडहरुले नमस्कार नगरेर सलाम गरेको यहाँहरुलाई सायद स्मरण होला । यहाँ उही १०४ वर्षे जहाँ नीय शासन व्यवस्थाका लागि जनयुद्ध गरिएको थिएन । हिजो आफ्नै काममा खटिएका किसानहरु राणाको निसानामा पर्दथ्ये आज प्रजातन्त्र, पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विभिन्न शब्दहरु सहितको शासन व्यवस्थामा पनि शैलि जहाँनीय शासन व्यवस्था भन्दा उच्चतहको सोच विचारको जनताले हेर्न पाएनन् । सुत्केरी महिलाको रक्तश्राव रोक्न इमर्जेन्सी उपचार कक्षमा हिडेका डाक्टर पुरानै व्यवस्था अनुसार कुटिएका छन् । उनीहरुको रोजि रोटी खोसिएको छ । सत्ताको मालिकहरुबाट हुने चरम दमन र शोषण कायमै राख्न जनयुद्ध भएको थिएन ।

आफूले र आफ्ना कार्यकर्ताले राज्यका धन लुट्न सके क्रान्तिको स्वाद मिठो हुने र नसके क्रान्ति आवश्यक छ भनेर मुख उद्य्याइरहने जुन स्वार्थपूर्ण दैनिकी छ, त्यसलाई नेताहरुले सुधार गर्न नसक्दा देशमा नयाँ राणाहरुको उदय भइरहेको छ । जनताले न्याय पाएका छैनन् । देश विदेशका शान्ति विरोधी पक्षले निरन्तर हमला गरिरहेका छन् । जनयुद्धबाट जनस्तरमा आएको व्यापक परिवर्तनलाइ आत्मसाथ गरी अघि बढ्नु आजको आवश्यकता रहन गएको छ । नेतालाई एक किलो स्याउ, एक बोत्तल रक्सी उपहार दिएको वा नयाँ श्रीमतीमिलाइ दिएको नाममा जुनसुकै हर्कत गर्न पछि नपर्नेहरु नेताको आशिर्वादले अब्बल क्रान्तिकारी बनिरहेका छन् । आफूलाई कम्युनिष्ट नेता भन्नेहरु उपहारको आशामा बस्नु भनेको विचार विहिन हुनु हो । यही विचार विहिन नेतृत्वका कारण नेता ठोस विचार लिएर अघि बढ्न सकिरहेका छैनन् ।

युद्धका कहाली लाग्दा समयहरु, शहिद, बेपत्ता, घाइते योद्धा, तिनका परिवार जनहरुलाई सम्झिएर, व्यवहारीक साथलिएर र दिएर अघि बढ्नु आजको आवश्यकता रहन गएको छ । जनयुद्ध उचित भएको र यसका नेतृत्व कर्ताहरुले मात्रै देशलाई अगाडि बढाउन सक्छन् भन्ने प्रमाण देशमा सबैले देखिरहेका समय त्यस भन्दातलका नेता तथा कार्यकर्ताहरु आफ्नै व्यक्ति गत स्वार्थ सिद्धका लुते धन्दामा लागेर समाजवादमा पुग्ने यात्रुहरुलाई हुल हुज्जतको भिडमा अल्मल्याइ राख्नु हुँदैन । स्वार्थमा रमाएका यस्ता नेतालाई लतारेर अघि बढ्नुपर्दछ । नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितका पक्षमा सबै एक भएर जुट्नुपर्दछ ।
सन्दर्भ २८ औँ जनयुद्ध दिवस
लेखक प्रेस सेन्टर नेपालका पदाधिकारी हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

  • समाचार
    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

    फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0