धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ २९ असोज ।
ज्योती महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. धादिङको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । क्रिक रिसोर्ट धादिङबेशी सम्पन्न साधारण सभमा संस्थाका अध्यक्ष तारा लामाकोे अध्यक्षता तथा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका सचिव निशा अधिकारीद्धारा प्रस्तुत प्रगती तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष शोभा कार्की द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ । साधारण सभाकै अवसर पारेर संस्थाले ६५ वर्ष भन्दा माथिका२८ जना जेष्ठ महिला सदस्य , ५ जना असल ऋणीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष तारा लामाले बताउनुभयो ।
कर्यक्रमको अवसर पारेर बाल बचतकर्ता भगवती रिजाल, किशोरी बचतकर्ता कल्पना भण्डारी, गृह लक्ष्मी बचतकर्ता मदिना मिया, मासिक बचतकर्तामा प्रमिला बानिया र धेरै शेयर बचतमा सावित्री कडेललाई समेत सम्मान गरिएको छ । त्यस्तै संस्थाले कार्यक्रममा वर्ष भरी कै उत्कृष्ट कर्मचारीको रुपमा गिता कुमारी भण्डारीलाई सम्मान गरेको छ ।
संस्थाको आ.व २०७९।०८० को असार मसान्त सम्ममा १ हजार ६ सय १ जना महिला शेयर सदस्य र ६ सय ८० बाल शेयर सदस्य पुगेको छ ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |