कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,१९ साउन।
यतिवेला देशैभरीको भू–भागमा भारी वर्षा भैरहेको छ । भारी वर्षाको कारण खोला नाला तथा नदिका किनाराहरुमा पानिको बहाव बढिरहेको छ भने नदि किनारा आसपास बसोबास गरिरहेका नागरिकहरु त्रासमा रहेका छन् ।
स्थानीय, प्रदेश तथा संघीय सरकारले आ–आफ्नो ठाउँबाट विपद पूर्व तयारीहरु पुरा गरेको जानकारी दिएको छ । यतिवेला मुख्यतः भरतपुर महनगरपालिका लगायतका बाढी प्रभावितको सम्भावना रहेको स्थानीय तहहरुले स्थानीय नागरिकहरुलाई सचेत रहन र वाढी, पहिरो तथा प्राकृतिक प्रकोपका घटनाबाट सुरक्षित रहन आग्रह गरिरहेको छ ।
यो सरकारले आफ्ना नागरिकप्रति देखाएको सदासयता हो, सरकारले नागरिकप्रति दयित्वबोध गरेको हो । तर, ति स्थानीय सरकारले नागरिकहरुलाई आकस्मिक रुपमा समस्या परिहाल्यो भने उद्धार राहत तथा अन्य आवश्यक प्रकारको सहयोग गर्न सक्छ कि सक्दैन भन्ने हो । नागरिकलाई आवश्यक सहयोगमा पनि सरकारले आफ्नो भूमीका निर्वाह गर्न सक्यो भने सरकारको त्यस प्रकारको कदमको खुलेर प्रसंसा गर्नुपर्छ ।
सरकारले बेला बेलामा नागरिकहरुको मुख्यतः प्राकृतिक प्रकोपको सिजनका समय बाढी पहिरो, भूकम्प लगायतका प्रकोपबाट मानविय तथा धनजनको क्षति हुँदा नगरिकहरुको बासस्थानलाई व्यवस्थित बनाउने भन्दै एक प्रकारको सकारात्मक कदमहरु चालेको पाइन्छ तर, केही प्राविधिक वा अन्य समस्याहरुका कारण नागरिकहरु सामुहिक वा व्यवस्थित बसोबासका लागि तयारी गर्न नसकेको तितो सत्य हामीसंग छ ।
भूकम्प पछि भैरहेको अहिलेको बाढी पहिरो लगायतका समस्याको समाधान पनि त्यहि व्यवस्थित बसोबासको स्थिति पैदा गर्न सकेको भए केही हदसम्म भए पनि कम हुने थियो । अहिले रातभर उठेर बस्नुपर्ने र दिनभर पनि कतिबेला बाढी पहिरो आउने हो भनेर चिन्तामा बस्नुपर्ने अवस्था आउने थिएन । सरकारले फेरी पनि प्राकृतिक प्रकोपको बारेमा नागरिकलाई बुझाउने र बस्ती व्यवस्थापनका लागि नयाँ सिराबाट सोच्ने काम गरोस् ताकि भविष्यमा आउने सक्ने प्रकोपजन्य समस्याहरुबाट सबैजना सुरक्षित हुँदै जाउन् ।
बाढी र पहिरोका कारण धेरैले आफ्ना घरबार गुमाएका छन् भने कयौंले आफ्ना परिवारजन त कतिपयले खेतीपाती तथा अन्य कृषिजन्य उत्पादनमा क्षति व्यहोरिरहेका छन् यसले वार्षिक करोडौं रुपैयाँको नोक्सानी व्यहोर्नु परिरहेको छ । योे देशैभरीको स्थिति लगभग उस्ता उस्तै देखिदै आएको छ । अहिले पछिल्लो समय जल तथा मौषम विज्ञान विभागले ५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ भने यतिवेलै तराईका केही भू भागहरु डुबानमा पर्न सुरु गरिसकेका छन् यसले पनि के देखाउँछ भने पक्कै पनि हामी डुबानको समस्यामा छौं ।
जतिसुकै बेला यि समस्याहरु देखिन सक्छ यसकारण सचेतना जगाउनु जरुरी छ, त्यसका लागि हाम्रै समाजमा रहेका जान्ने सुन्ने वा सामाजिक अभियान्ताहरुदेखी सबैको भूमीकाको खाँचो रहन सक्छ । हामी सुरक्षित रहैं र अरुलाई पनि सुरक्षित रहनका लागि केही प्रयास गरौं ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।