Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

सम्पादकीय – राजिनामा सकारात्मक ।

नीलकण्ठ एफ.एम ९८९ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार (३ साल अघि)
सम्पादकीय – राजिनामा सकारात्मक ।

धादिङ,२३ असार।
अर्थमन्त्री जनार्दन शर्माले बजेट ल्याउनुपूर्व चलखेल गरेको भन्दै अर्थमन्त्रीको राजिनामाको माग गरिरहेको बेला शर्माले छानविनको लागि सजिलो बनाएको भन्दै राजिनामा दिनुलाई सकारात्मक रुपमा लिइएको छ ।

गत जेष्ठ १५ गते ल्याइएको बजेट निर्माणको क्रममा अनाधिकृत मानिसहरुको सहभागितामा करको हेरफेर गरिएको शर्मामाथी आरोप लागेको थियो, अर्थमन्त्री शर्माले को को मानिसहरु भित्र्याए र करको दर परिवर्तन गर्न उनीहरुले भुमिका खेले कि खेलेनन् त्यो भने हेर्न बाँकी नै छ। अबको १० दिनपछि संसदिय छानविन समितिले कस्तो र के रिपोर्ट निकाल्छ त्यसबाट पनि केही कुरा बाहिर आउनेमा केही आशावादी बन्न सकिन्छ ।

पछिल्लो केही समयदेखी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु अर्थमन्त्री जनार्दन शर्माको राजिनामाको माग गर्दै मैदानमा उत्रिएका थिए । संसददेखी सडक सम्म दैनिक रुपमा एक न एक विषयमा कुरा उठाउदै आन्दोलनका कार्यक्रम समेत संचालन गर्दै आइरहेको र संसदीय छानविन समिति समेत गठन भैसकेकोले शर्माले राजीनामा दिनु एक प्रकारको नैतकता पनि हो ।

शर्माले पछिल्लोे समय उक्त समयको गतिविधि तथा जस्तो क्रियाकलाप भए त्यसको विषयमा संकास्पद अभिव्यक्ति दिँदा प्रधानमन्त्री देखी स्वयम् समेत राजिनामाको दवाव बढिरहेको थियो । अर्थमन्त्रीको राजिनामापछि अर्थमन्त्रालयमा विगतदेखी हुने गरेको चलखेलहरु नयाँ अध्यायमा प्रवेश गर्ने अनुमान समेत भैसकेका छन्।

विगतका सममयदेख बानी विग्रिएको हाम्रो नेतृत्वहरुमा यतिबेला एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम तिब्र हुँदै गैरहेको छ । आफ्नो आङमा भैंसी पनि नदेख्ने र अरुको आङमा जुम्रा पनि देख्ने खालको प्रवृत्ति भएका कारण पनि महत्वपूर्ण पदमा पुगेका नेतृत्वहरु आलोचनाको केन्द्रमा पर्ने गरेको तथ्य हाम्रा सामु छन् । यस अघिका सरकारका पालाहरुमा पनि यस्तै यस्तै गतिविधि हुने गरेकाले आगामी दिनमा यस प्रकारका कामहरुले निरुत्साहित पाउने अपेक्षा समेत गरिएको जानकारहरु बताउँछन् ।

उता जनार्दन शर्माले भने आफु एउटा होइन हजारौं छानविनमा पर्न समेत तैयार रहेको संसदमा जानकारी दिएका छन् । आफुबाट त्यस खालको कमजोरीहरु नभएकोले संसदिय छानविन समितिलाई छानविन गर्न सजिलो होस् भन्ने हेतुले राजिनामा दिएको स्पष्टिकरण समेत दिईसकेका छन् ।

यसरी छानविनको माग उठेको बेला मन्त्रीले पदबाट राजिनामा दिएर छानविनको बाटो खुला गर्नु एउटा महत्वपूर्ण पक्ष पनि हो, तर हाम्रोमा त्यस खालका कामलाई प्रश्रय दिनेगरी अधिकाँश मन्त्री, प्रधानमन्त्री तथा उच्च ओहोदामा रहेकाहरुले नैतिकता देखाएको पाईदैन । केपी ओली नेतृत्वको सरकारले दुई पटक संसद विघटन गर्दा अदालतले संसद पुनस्थापना गरिदिएको कुरा हाम्रा मष्तिष्कमा ताजै छन्, त्यतिवेला दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका वलीले समेत नैतिकता देखाएका थिएनन् ।

तत्कालीन संचारमन्त्री गोकुल बास्कोटा, विवादमा परेको एमालेको नेतृत्व गरी अर्थमन्त्री बनेका यस अघिका भूतपूर्व अर्थमन्त्रीहरु भरतमोहन अधिकारी र विष्णु पौडेलले संसदीय समितिले छानविन गर्दा समेत राजिनामा दिएका थिएनन् । यि र यस्ता खालका गतिविधि गर्नेहरु नै अहिले अनैतिक भयो भनेर नारावाजी गर्दा त्यति सुहाउँदो देखिएको छैन ।

जेहोस् अहिले जनार्दन शर्माको गतिविधि ठिक थियो कि थिएन ? सीमाहरु के के थिए भन्ने जस्ता विषयहरु यस पटकको छानविन समितिबाट हुनु अनिवार्य छ । यसपट यो र उ नभनि छानविन होस् यसरी छानविन गर्न सकियो भने आगामी दिनहरुमा त्यस खालका कमजोरीहरु न्यूनिकरण हुँदै जान सक्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0