ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
काठमाडौं, २१ चैत
स्टार खेलाडीहरू केलियन एम्बाप्पे, नेयमार र लियोनल मेस्सीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टबिरुद्द ५-१ अन्तरको सानदार जित निकालेको छ ।
फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि घरेलु मैदानमा आइतबार राति पीएसजीले सहज जित पायो ।
खेलमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए । १२औँ मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता बनायो । २८औं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे ।
५६औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । ६७औं मिनेटमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गरे । ७३औं मिनेटमा मेस्सीले एम्बाप्पेको पासमा ४-१ को अग्रता बनाए ।
९०औं मिनेटमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे ।
जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक जोड्दै १२ अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मार्सेको ५६ अंक छ । पराजित लोरिएन्ट २८ अंक जोडेर १६औँ स्थानमा छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |