वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस महामारी बढेकोले जोखिम हेरेर स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्न सक्ने बताएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति निकालेर कोरोना बढेकोले विद्यालयमा अनावश्यक भिडभाड हुने खालका वार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गर्नुभएको छ ।
स्थानीय तहको निर्णय अनुसार विद्यालय बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न र बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएको विधि तथा प्रक्रियाहरूको पालना गर्न शर्माले आग्रह गर्नुभएको छ । साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ ले गरेको व्यवस्था गरे बमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिन पनि उहाँले अनुरोध गर्नुभएको छ । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूर्ण रूपमा लागू गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।