Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

प्रभावकारी बन्दै बहिनी शिक्षाका लागि दिदी कार्यक्रम

३६२१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

धादिङ जिल्लामा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । भीएसओ र आसमान नेपालको साझेदारीमा बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन  बालिकाहरुका लागि संचालन गरिएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले समाजमा शिक्षाबाट वंचित हुनुपरेका बालिकाहरुलाई सहयोग र बिचैमा बिद्यालय छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेलेको पाइएको छ।

आर्थिक, सामाजिक, शारीरिक समस्याले विद्यालय नजाने निर्णय गरिसकेका बालिकाहरुलाई बिद्यालय जाने बाताबरण बनाउन यो कार्यक्रमले सहयोग गरेको बिद्यार्थीहरुले बताएका छन् । बिहिबार शिक्षा पत्रकार समाजको आयोजनामा भिएसओ नेपाल र आसमानले संचालन गरेको बहिनी शिक्षाका लागि दिदि कार्यक्रमको प्रदेश स्तरिय सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा आफ्नो अनुभव सुनाउदै सिद्धलेक गाउँपालिकाकी अन्जना परियारले कक्षा ९ मा फेल भएपछि विद्यालय जान मननै नलागेको बेला गाउँकै एक जना ठूलिदिदि आउनुभयो । म भन्दा केही उमेर ठूलो भएको मानिसले आफूलाई धेरै पढेर मात्र सबैले मान्छन् भन्ने कुरा सम्झाउनुभयो। म फेरी विद्यालय गएर पढ्न थाले ।

४/५ दिनमा उहाँ आउदै मलाई हौसला दिनुहुन्थ्यो । अन्जनाले भनिन् ‘घरपरिवारको मान्छे भन्दा पनि मन पर्ने भएपछि उहाँलाई नै आफ्नो कुरा भनेर म पढ्न जाने र परिक्षामा समेत पास भएँ । अहिले म उच्च शिक्षा हासिल गर्दै छु ।” अन्जना एक प्रतिनिधि पात्र मात्रै हुन । उनको जस्तै विद्यालय छाड्ने सोचमा पुगेका धेरै बालिकाहरुमा बहिनी शिक्षाका लागि दिदि कार्यक्रमले भविष्यको लक्ष्य नै निर्धारण गरिदिएको बताएका छन्।

सिकाई आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमति प्रदेशको शिक्षा, स्वास्थ्य रकृषि समितिका सभापति घनश्याम दाहालले विद्यालय शिक्षामा विद्यालय छाड्नेहरुको दरसुन्य गर्नर विद्यालय जान नसकेकाहरुलाई विद्यालय जान उत्प्रेरित गर्ने यो कार्यक्रम प्रदेश सभाले निति बनाएर प्रदेश सरकारले अपनत्व ग्रहण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले बालबलिका सम्बन्धी ऐन पारित गरिसकेकोले शिक्षामा सरकारले पर्याप्त लगानी गर्नु पर्नेमा जोड दिनुभयो । 

यस्तै बागमती प्रदेशका सांंसद मिलन बाबु श्रेष्ठले आफ्नो पालिकाका शिक्षालाई कसरी अगाडि बढाउने भन्ने कुरामा ध्यान दिनका लागि स्थानिय पालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, निलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले यो परियोजना सकिएपनि सरकारले निति बनाएरबालिका शिक्षाका लागि लागुगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यो कार्यक्रम धादिङ जिल्लाको ५ पालिका नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी, गंगाजमुना र बेनिघाट रोराङ गाउँपालिकाभित्र सञ्चालन भईरहेको छ ।

बहिनी शिक्षाका लागि दिदि कार्यक्रमकी सानी बहिनी अनिशा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभाका शिक्षा,स्वास्थय तथा कृषी संसदिय समितिका सभापति घनश्याम दाहालको प्रमुख आतिथ्य रहेको थियो। बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठ,जिसस धादिङका प्रमुख जगन्नाथ नेपालको बिशेष आतिथ्य रहेको कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रदेश शिक्षा निर्देशनालयका निर्देशक चन्द्र प्रसाद लुईँटेल, नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी,गैसस महासङघ बागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल,बिभिन्न सङ्घसस्थाका प्रमुख तथा प्रतिनिधी तथा सञ्चारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

    विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

  • कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा

    कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा

  • लायन्स क्लब अफ धादिङ मण्डलीद्वारा विद्यार्थीलाई कपडा वितरण

    लायन्स क्लब अफ धादिङ मण्डलीद्वारा विद्यार्थीलाई कपडा वितरण

  • स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0