धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले मलेखुमा रहेको खेल मैदानको निरक्षण गर्नुभएको छ । मंगलबार बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मा निर्माण सम्पन्न हुने चरणमा रहेको मैदानको स्थलगत अनुगमन गर्नुभएको हो ।
मैदान स्तरोन्नति तथा निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । २५ लाख ५ हजारको लागतमा निर्माण हुन लागेको खेल मैदानमा ५ लाख ५ हजार भने श्रमदान रहेको बेनिघाट रोराङ खेलमैदान निर्माण योजनाका अध्यक्ष भुवन सिलवालले बताउनुभयो ।
प्राविधिक स्टमेट अनुसार सबै कार्यहरु कुनै पनि नराम्रो नहुने गरी आफ्नै क्षेत्रको विकासको लागि वर्खामासमा पनि दिनमा ६५/७० जना मजदुर लगाएर काम गरेको सिलवालले बताउनुभयो । खेलमैदानमा विशेषगरी कबर्ड हल राख्ने , त्यो भित्र भलिबल, ब्याडमिन्टन, विभिन्न सभा गोष्ठीहरु समेत राख्नमिल्ने गरी निर्माण हुने उहाँको भनाई छ ।

निरिक्षणको क्रममा अध्यक्ष तामाङले स्तरिय खेल मैदान बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले जिल्लामा रहेको सवै खेल मैदानलाई व्यवस्थित युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने योजना रहेको बताउनुभयो । यस्तै खेलका गतिविधि शुन्य हुदा गाउँमा भएका खेलाडीहरु बिस्थापित हुने अवस्था आउने भन्दै खेलाडीहरुलाई प्रोत्साहन गर्न टोलटोलमा खेलमैदान निर्माण गर्ने योजना समेत रहेको बताउनुभएको छ । खेलमैदानको राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव रमेश सिलवालले समेत अनुगमन गर्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले जिल्लाको विभिन्न स्थानमा निर्माणाधिन खेल मैदानको स्थलगत अनुगमन गर्दै आउनुभएको छ । अनुगमनमा जिल्ला खेलकुद विकास समिति धादिङका सदस्य सचिव कृष्णलाल श्रेष्ठ,कराँतेका जिल्ला ईन्चार्ज भिम गुरुङ लगाएतको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |