धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी
खोटाङ, २६ चैत
रोजगारीका सिलसिलामा साउदी अरब पुगेको महिना दिन नपुग्दै चार जना कामदार स्वदेश फर्काइएका छन् । ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रुपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।
महिना दिन नपुग्दै घर फर्काइएकामा एक जना उदपयुरका, एक जना, सिन्धुली, एक जना धरान र एक जना पश्चिमका युवा छन् । पैसा कमाउने सपना बोकेर ऋण काढेर साउदीअरब पुगे लगत्तै रित्तो हात फर्कनुपर्दा युवा निराश बनेका छन् ।
ती युवाहरुले मेनपावरलाई जनही एक लाख २० हजारदेखि एक लाख ७० हजारसम्म बुझाएर साउदी अरब पुगेका थिए । राईले एक लाख ५० हजार बुझाएको बताएका छन् । सुरुमा बेकरी उद्योगभित्र हेल्परको काम लगाइएका कामदारलाई क्रमशः आउटडोर काममा लगाएर कामबाट निकालेको हो । कम्पनीले बिनाकारण टिकट काटेर घर फर्काएको राईले बताए । ‘बेकरी हेल्परका रुपमा गएका थियौं ।
‘त्यसपछि ढोका पुछ्ने, त्यसपछि शौचालय सफा गर्ने काममा लगाए । एक दिन रुम जा भन्यो,’ राईले भने, ‘भोलिपल्ट काममा जाँदा टिकट थमाएर घर जा भन्यो । के कारणले हामीलाई घर फर्कायो भन्ने थाहै भएन ।’
मेनपावरसँग कुरा राख्दा रित्तो हात फर्काइएका युवालाई टिकट, श्रम गरेको र भिसाको पैसा कटाएर ९० हजार फिर्ता दिने वा फ्रिमा मलेसिया पठाउने भनेर फकाइरहेको बताइएको छ । रोजगारीका सिलसिलामा उनीहरु ११ फागुनमा साउदी अरब पुगेका थिए ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।