रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
सिन्धुपाल्चोक, २१ चैत
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । लामाटोलका स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको हो ।
ग्याँस पड्केपछि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए । आगोलागीबाट तामाङका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङका साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको हो ।
आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको हो । मीनबहादुर पनि घाइते भएका छन् । र, उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |