धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
लमजुङ, २० चैत
गत १ असारमा मर्स्याङदी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासों गाउँपालिका-१ तालमा रहेको भानु माविका विद्यार्थी टेण्टमुनी बसेर पढ्नुपरेको छ ।
कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङ पनि टेण्टमुनी बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुँदा टेण्टमुनी पढ्न समस्या भइरहेकाे उनले बताए ।
कक्षा १० मा पढ्ने माया गुरुङ पनि टण्टलापुर घाममा टेण्टमा बसेर पढ्न धेरै गाह्राे भएको बताउँछिन् । विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेण्ट राखेर पढाइ सञ्चालन गरेको भानु माविका प्रअ श्यामकृष्ण पन्तको भनाइ छ ।
उनी भन्छन्, ‘बाढीले विद्यालय भवन बगाएपछि अहिले बाल कक्षादेखि १० कक्षा सम्मका विद्यार्थीलाई अस्थायी टेण्टमा राखेर पठनपाठन गराउँदै आएका छौँ ।’ विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । ताल गाउँको सिङ्गो बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको प्रअ पन्तले बताए ।
२०३२ सालमा स्थापना भएको विद्यालयको भवन नै बाढीपहिरोले बगाएपछि मनाङसहित लमजुङका विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन् । मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीन वटा विद्यालयमा बाढीले क्षति पुर्याएको छ । भानु माविसँगै नासों गाउँपालिका-६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि पनि मर्स्याङदी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुर्याएकाे छ ।
मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङमा ४ वटा मावि, ८ वटा आधारभुत र १५ वटा प्रावि छन् ।
पठनपाठनमा प्रभावित भएको भन्दै गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न बजेट विनियोजन गरेको छ । नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले अस्थायी टहरा निर्माणका लागि १० लाख बजेट छुट्याएकाे बताए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |