Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

गरिबी र बेरोजगारीले म्यादी बन्नेहरू

६७२ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १८, शुक्रबार (३ साल अघि)
गरिबी र बेरोजगारीले म्यादी बन्नेहरू

डडेल्धुरा, १८ माघ

चैत महिनाको टन्टलापुर घाम । यहीँ घाममा चलिरहेको छ, म्यादी प्रहरीको छनोट प्रक्रिया । ६ सय ५२ सिटका लागि जिल्लामा एक हजार सात सय ७१ जनाले आवेदन दिएका छन् । १५ गतेदेखि सुरूभएको छनोट प्रक्रिया १८ गते अर्थात् आजसम्म चलिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्राङ्गडमा चलिरहेको छनोट प्रक्रियामा सयौं युवायुवतीको भीड लागिरहेको छ । यहीँ भीडमा छिन् अमरगढी नगरपालिका–८ टाँटरकी अस्मिता दमाई ।

चर्को घामको परवाह नगरी भीडमा देखा परेकी दमाईको काखमा छ, सात/आठ महिनाको बच्चा । ‘घरमा आमा मात्रै हुनुहुन्छ । आर्थिक अवस्था पनि नाजुक छ । म्यादी प्रहरी भएपछि छोराछोरी पाल्न सहज होला भनेर भर्ना हुन् आएकी हु,’ उनले भनिन् ।

अल्प समयको लागि भए पनि रोजगारी पाइने र एकै पटक केही रकम पाउने आशामा युवाहरू म्यादी प्रहरीमा भर्ना हुन तम्सिएका हुन् । म्यादी हुन् युवादेखि पाका उमेरका व्यक्तिहरूले आवेदन दिएका छन् ।

कतिपय पारिवारिक अवस्था नाजुक भएका कारण म्यादी प्रहरी बन्न इच्छुक छन् भने कतिपय रहरले पनि म्यादी प्रहरी बन्न जिल्ला सदरमुकाममा पुगेका छन् । पारिवारिक अवस्था  कमजोर भएकै कारण पढाइलाई निरन्तरता दिन म्यादी बन्न आएकी छन्, सावित्री टमटा।

डडेल्धुराको विकट भागेश्वर गाउँपालिका–२ रूपालबाट जिल्ला सदरमुकाम पुगेकी टमटा भन्छिन्, ‘आफू र परिवारको लागि यहाँ आएकी हुँ ।’
‘सात जनाको परिवार छ। आर्थिक अवस्था पनि नाजुक छ। म्यादी प्रहरी भइसकेपछि आउने रकमले आफू र भाइ बहिनीहरूको पढाइलाई निरन्तरता दिन सहज हुन्छ भनेर आएकी हुँ,’ उनले भनिन्, ‘घर खर्च चलाउँछु भनेर दाइ भारत त गएको छ। तर, पुग्दैन।’

कक्षा १० मा अध्ययनरत उनी म्यादी प्रहरी बनेर त्यहाँबाट आएको रकमले पढाइलाई निरन्तरता दिने सोचमा रहेको बताउँछिन् ।

डडेल्धुराको भागेश्वर गाउँपालिका रूपालकै नीरज ठकुराठी ब्याचुलर पढिरहेका छन् । उनी जागिर पाइने आसमा म्यादी प्रहरी बन्न आएको बताउँछन् ।

‘बेरोजगार बसेर मात्र हुँदैन काम गर्नु पर्‍यो । त्यसैले जागिर पाइने आसमा म्यादी प्रहरी बन्न आएँ,’ उनले भने, ‘म्यादी प्रहरीका लागि म अब्बल छु । निष्पक्ष रूपमा छनोट होस् ।’

देशकै सेवामा जीवन बिताउने उद्देश्यले प्रहरीमा पनि आवेदन दिएको बताउँदै उनले भने, ‘भक्कर मेडिकल रिपोर्ट आएको छ । अब लिखित हुन्छ होला। त्यो भन्दा अगाडि म्यादी बनेर थप कुरा सिक्न पाउँ ।’

म्यादी प्रहरी छनोट प्रक्रियामा सहभागीले निष्पक्ष रूपमा हुनु पर्ने नरेन्द्र भण्डारी बताउँछन् ।

‘जिल्लामा म्यादी प्रहरीको छनोटमा राजनीतिक दलको भागबन्डा हुने गरेको हल्ला छ,’ उनले भने, ‘निष्पक्ष रूपमा छनोट गर्नुपर्छ। राजनीतिक दलका आसेपासेलाई भन्दा क्षमतावान् व्यक्तिलाई अवसर दिनु पर्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

  • यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

  • सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • समाचार
    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0