तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
एजेन्सी
औषधि तथा औषधिजन्य उत्पादनबाट प्रदूषित विश्वका नदीहरुले वातावरण र विश्वव्यापी स्वास्थ्यमा गम्भीर खतरा निम्त्याएको एउटा अध्ययन प्रतिवेदनले दर्शाएको छ ।
प्यारासिटामोल, निकोटिन, क्याफिन, मिर्गी तथा मधुमेहका औषधिका कारण विश्वका नदीहरु प्रदूषित हुने गरेको युनिभर्सिटी अफ योर्कले गरेको अध्ययनमा दर्शाइएको हो ।
पाकिस्तान, बोलिभिया, इथोपियाका नदीहरु सबैभन्दा बढी प्रदूषित बनेका छन भने आइसल्यान्ड र नर्वेका नदी र अमेजनको रेनफरेस्टले ठूलो मूल्य चुकाएका छन् ।
साझा औषधिजन्य यौगिकहरुको प्रभाव अझै पनि धेरै हदसम्म अज्ञातै छ । तर, यो पहिले नै राम्रोसँग स्थापित छ की मानिसहरुका गर्भनिरोधक औषधिको घुलनले माछाको विकास र प्रजननमा असर पार्न सक्छ । नदीमा एन्टिबायोटिकको बढ्दो उपस्थितिले औषधिको रुपमा उनीहरुको अस्थित्व सीमित पार्न सक्छ ।
अध्ययनमा १०० भन्दा बढी देशमा एक हजारभन्दा बढी परीक्षण स्थलबाट ल्याइएको पानीको नमूना लिइएको थियो ।
समग्रमा २५८ नदीहरुको नमूनामध्ये एक चौथाइ भन्दाबढी नमूनामा सक्रीय औषधिजन्य तत्वहरु रहेको र त्यो जलीय जीवहरुका लागि असुरक्षित मानिएको छ । ‘सामान्यतया के हुन्छ भने हामी यी रसायनहरु लिन्छौ, तिनीहरुको हामीमा केही इच्छित प्रभावहरु हुन्छन र तिनीहरुले हाम्रो शरिर छोड्छन्’, अनुसन्धान समूहका नेता डा जोन विलकिन्सनले भने ।
‘अहिले हामीले थाहा पाएको कुरा यही हो की सबैभन्दा आधुनिक प्रभावकारी फोहर पानी प्रशोधन केन्द्रहरु यी यौगिकहरुलाई (नदी वा तालमा विलय हुनुअघि) घटाउन पूर्ण रुपमा सक्षम छैनन् । ’
धेरै पटक पत्ता लगाइएका औषधिहरूमध्ये मिर्गी तथा नसा दुखाईको उपचारमा प्रयोग हुने कार्बामाजेपाइन र चिनिरोग उपचारमा प्रयोग हुने मेटफरमिन थिए । कफिन र निकोटिन तथा दुखाई कम गर्न प्रयोग गरिने प्यारासिटामोलका ‘हाइ कन्सनट्रेसन’ पनि नमूना पानीमा भेटिएको परेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |