ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङबेशी,२६ जेष्ठ । धुनिबेसी नगरपालिका बालबालिकाका लागि राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त स्थानीय तहका रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, नगर प्रमुख बालकृष्ण आचार्य, तथा स्वास्थ्य शाखा प्रमुख ध्रुव अधिकारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न योगदान पुर्याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूलाई प्रशंसापत्र र सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बालकृष्ण आचार्यले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न खोप कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले पूर्ण खोप सुनिश्चितता प्राप्त गर्नु मात्र उपलब्धि नभई यसलाई दीगो रूपमा कायम राख्नु थप जिम्मेवारी भएको उल्लेख गर्दै निरन्तर सहकार्य आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै, स्वास्थ्य शाखा प्रमुख ध्रुव अधिकारीले नगरपालिकाले नियमित खोप सेवा सञ्चालन, अभिलेखीकरण तथा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउँदै पूर्ण खोप सुनिश्चितता हासिल गरेको जानकारी दिनुभयो ।
घोषणासँगै धुनिबेसी नगरपालिका बालबालिकाको स्वास्थ्य संरक्षण तथा रोग नियन्त्रणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने स्थानीय तहका रूपमा स्थापित भएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |