Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २७, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

भारतमा फेरि ‘पेगासस’को पिरलो, मोदीमाथि देशद्रोहको आरोप

१६५७ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

भारतको राजनीतिमा पुनः एकपटक कथित पेगासस जासुसी मामिला प्रवेश गरेको छ । शुक्रबार अमेरिकी अखबार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाईवेयर पेगासस खरिद गरेको एक रिपोर्ट प्रकाशित गरेपछि त्यहाँको राजनीतिमा तरंग पैदा भएको हो ।

न्युयोर्क टाइम्सको रिपोर्टलाई आधार मान्दै कतिपय विपक्षी दलले नरेन्द्र मोदी सत्तामाथि औंला ठड्याउन थालेका छन् । भारतले रक्षा सम्झौताअन्तर्गत २०१७ मा इजरायलसँग पेगासस खरिद गरेको दाबी न्युयोर्क टाइम्सको रिपोर्टमा गरिएको छ । हतियार खरिद शीर्षकको दुई अर्ब डलरको प्याकेजमा यो खरिद गरिएको बताइएको छ ।

गत वर्ष पेगासस जासुसी सफ्टवेयरको माध्यमबाट कैयौं देश नेता, पत्रकार तथा सामाजिक अभियन्ताको कल रेकर्ड गरेको विषय सार्वजनिक भएको थियो, जसमा भारतको नाम पनि सामेल थियो । त्यसपछि भारतीय राजनीतिमा आरोप-प्रत्यारोपको शृंखला सुरु भएको थियो ।
राजनीतिक दलदेखि पत्रकार र सामाजिक अभियन्तासमेतले अहिले पनि यसबारे टिप्पणी गर्न थालेका छन् । यो यतिखेर सोसल मिडियामा ट्रेन्डमा छ र मानिसहरूले यसबारे गम्भीर चर्चा गर्न थालेका छन् ।

मोदी सरकारले देशद्रोह गर्‍योः राहुल गान्धी

कंग्रेस नेता राहुल गान्धीले शनिबार एक ट्विट गर्दै मोदी सरकारले देशका प्राथमिक संस्था, राजनीतिक नेताहरू र जनताविरुद्ध जासुसी गरेको आरोप लगाएका छन् । यस्तै जासुसी गर्न मोदीले पेगासस खरिद गरेको पनि उनले उल्लेख गरेका छन् । ‘फोन टेप गरेर सत्ता पक्ष, विपक्ष, सेना, न्यायपालिका सबैलाई निशाना बनाइएको छ । यो देशद्रोह हो,’ गान्धीले भनेका छन्, ‘मोदी सरकारले देशद्रोह गरेको छ ।’

तृणमूल कांग्रेस पार्टीका नेता महुआ मोइत्राले पनि न्युयोर्क टाइम्सको रिपोर्ट ट्विट गरेका छन् । कंग्रेस नेता पी चिदम्बरमले इजरायलसँग पेगासस खरिद गरेको आरोप लगाउँदै मोदीमाथि व्यंग्य कसेका छन् ।

शिवसेना सांसद प्रियंका चतुर्वेदीले जनताको पैसा जासुसीमा बीजेपी सरकारले खर्च गरेको आरोप लगाएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘भारतका कर तिर्ने नागरिकको पैसा जासुसी र निगरानीमा सरकारले खर्च गरेको छ । यस्तो जासुसी त देशको जमिन कब्जाविरुद्ध गर्न सकेको भए राम्रो हुन्थ्यो ।’

के हो पेगासस ?

गत वर्ष जुलाईमा ‘वासिङ्टन पोस्ट’ र भारतीय समाचार पोर्टल ‘द वायर’ले संसारका थुप्रै पत्रकार तथा सामाजिक अभियन्ताको फोन ह्याक गरिएको खबर सार्वजनिक गरेका थिए । द वायरले महत्वपूर्ण ५० हजार वटा नम्बरको डेटाबेस लिक भएको र त्यसमध्ये तीन सयभन्दा बढी नम्बर भारतीय नागरिकको रहेको उल्लेख गरेको थियो । त्यसमा भारतका राजनेता, पत्रकार तथा सामाजिक अभियन्ता रहेका र उनीहरूलाई जासुसीको सूचीमा राखिएको थियो । तर भन्न केचाहिँ सकिँदैन भने, ती व्यक्तिहरूमा जासुसी अहिलेसम्म भएको छ कि छैन ।

पेगासस इजरायलको साइबर सुरक्षा कम्पनीले एनएसओले निर्माण गरेको हो । बंगलादेशलगायत कतिपय देशले पेगासस स्पाईवेयर खरिद गरेका छन् । यसबारे पहिलादेखि नै विवाद हुँदै आएको छ ।

पेगासस एउटा यस्तो प्रोग्राम हो, जसलाई यदि कुनै स्मार्टफोनमा राखिदियो भने ह्याकरले उक्त स्मार्टफोनको माइक्रोफोन, क्यामरा, अडियो र टेक्स्ट म्यासेज, ईमेल र लोकेसनसमेतको जानकारी लिन सक्छ । पेगाससको प्रयोगबाट कुनै पनि व्यक्तिको गोप्य कुरा थाहा पाउन सकिने हुनाले नै भारतमा यसबारे विवाद चलिरहेको छ ।

के भन्छन् पत्रकारहरू ?

इन्टरनेट फ्रिडम फाउन्डेसनले ट्विट गर्दै भनेको छ, ‘न्युयोर्क टाइम्सको रिपोर्टमुताबिक भारत सरकारले २०१७ मा पेगासस खरिद गरेको छ । केन्द्र सरकारले सुप्रिम कोर्टमा सुनुवाइका क्रममा पेगासस खरिद गरेको हो या होइन भन्नेबारे स्पष्ट जवाफ दिन सकिरहेको छैन ।’

पत्रकार सीमा चिश्तीले ट्विट गर्दै भनेकी छन्, ‘मोदी सरकार यसबारे स्पष्ट हुनुपर्छ । सुप्रिम कोर्टमा जवाफ दिन सक्नुपर्छ । पेगासस एक साइबर हतियार हो ।’ रोहिणी सिंह, एम के वेणुलगायत भारतका कयौं पत्रकारले सरकारले पेगासस खरिद गरेर त्यसको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

उता, पेगासस सम्बन्धमा सत्तापक्ष पनि चुप बसेको भने छैन । बीजेपीका राष्ट्रिय उपाध्यक्ष तथा सांसद दिलीप घोषले भनेका छन्, ‘संसद् सत्र सुरु हुने समय आएपछि विपक्षी दल संसद् रोक्न कुनै न कुनै मुद्दा अघि सार्छन् । सदनमा विरोधी दल आफ्नो काम गर्छन् र सरकार आफ्नो काम गर्छ ।’ 

केन्द्रीय सडक परिवहन एवं राजमार्ग तथा नागर विमानन राज्यमन्त्री भीके सिंहले त न्युयोर्क टाइम्समाथि नै प्रश्न उठाएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘के तपाईं एनवाईटीमाथि विश्वास गर्नु हुन्छ ? यो त सुपारी मिडिया हो ।’

भारतमा बेलाबखत पेगाससको चर्चा चल्दै आए पनि यसबारे आधिकारिक कुरा सार्वजनिक भएको छैन । निर्माता कम्पनी एनएसओले यसअघि नै भारतलाई पेगासस नबेचिएको बताएको थियो । कम्पनीले पेगाससको उद्देश्य आतंकवाद र अपराधविरुद्ध लड्नु रहेको दाबी गर्दै आएको छ।

पेगासस खरिद गरेका देशहरूले पनि आतंकवाद र अपराधविरुद्ध यसको प्रयोग गरिने स्पष्टीकरण दिँदै आएका छन् । तर वास्तविकता अर्कै रहेको र मन नपरेका वा विपक्षीविरुद्ध यसलाई विभिन्न देशले दुरुपयोग गर्दै आएको आरोप पनि उसैगरी लाग्दै आएको छ । भारतमा यो विषय सुप्रिम कोर्टमा पुगेको छ । यो विषयबारे जाँच समिति पनि बनेको छ, तर त्यसको रिपोर्ट भने आउन बाँकी छ । (एजेन्सी)
 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

  • धादिङमा लागूऔषध (गाँजा) सहित दुई जना पक्राउ

    धादिङमा लागूऔषध (गाँजा) सहित दुई जना पक्राउ

  • चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने धादिङका एकसहित पाँच पक्राउ

    चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने धादिङका एकसहित पाँच पक्राउ

  • समाचार
    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0