कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी
धादिङबेशी, ३ साउन । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा घरधनीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूको साथबाट एक लाख ६९ हजार ३५० रुपैयाँ नगदसहित जुवा खेल्न प्रयोग गरिएका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार साउन २ गते दिउँसो पहरेचौतारास्थित डिलबहादुर तामाङको घरकोठामा अवैध रूपमा जुवा–तास खेलाइरहेको गोप्य सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घरमा खानतलासी गर्दा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा गंगाजमुना गाउँपालिका–२ घर भई हाल नीलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीय घरधनी डिलबहादुर तामाङसहित सोही स्थानमा बस्दै आएका पाँच जना छन्। पक्राउ परेकाहरूको उमेर ३९ देखि ५३ वर्षसम्म रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट नगद एक लाख ६९ हजार ३५० रुपैयाँ, तीन गड्डी तास, सातवटा मोबाइल फोन र जुवा खेल्न प्रयोग गरिएको एउटा डसना बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।
उनीहरूलाई साउन ३ गते जिल्ला प्रशासन कार्यालय धादिङमा उपस्थित गराई अनुसन्धानका लागि १० दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।