बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङबेशी, ३ साउन । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा घरधनीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूको साथबाट एक लाख ६९ हजार ३५० रुपैयाँ नगदसहित जुवा खेल्न प्रयोग गरिएका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार साउन २ गते दिउँसो पहरेचौतारास्थित डिलबहादुर तामाङको घरकोठामा अवैध रूपमा जुवा–तास खेलाइरहेको गोप्य सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घरमा खानतलासी गर्दा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा गंगाजमुना गाउँपालिका–२ घर भई हाल नीलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीय घरधनी डिलबहादुर तामाङसहित सोही स्थानमा बस्दै आएका पाँच जना छन्। पक्राउ परेकाहरूको उमेर ३९ देखि ५३ वर्षसम्म रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट नगद एक लाख ६९ हजार ३५० रुपैयाँ, तीन गड्डी तास, सातवटा मोबाइल फोन र जुवा खेल्न प्रयोग गरिएको एउटा डसना बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।
उनीहरूलाई साउन ३ गते जिल्ला प्रशासन कार्यालय धादिङमा उपस्थित गराई अनुसन्धानका लागि १० दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |