वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी । धादिङ जिल्लामा प्रहरीले लागूऔषध (गाँजा) सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका–२ रातमाटे स्थित चालिसे–वाल्सिङ भित्रीसडकखण्डमा चेकजाँचका क्रममा करिब ३० किलोग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोटरसाइकलमा सवार गजुरी गाउँपालिका ३ बस्ने सञ्च बहादुर खुलाल तामाङ र सोहि स्थान बस्ने विरेन्द्र रुम्वा तामाङ रहेका छन् । उनीहरूलाई हाल नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले सवारी जाँच गर्ने क्रममा उनीहरूलाई रोकेको थियो । बा.प्र.०२–०५३ प ६६९३ र बा ६२ प १२८६ नम्बरका मोटरसाइकलमा सवार उनीहरूले गाँजा ओसारपसार गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले लागूऔषध ओसारपसार तथा कारोबारविरुद्ध प्रहरीको निगरानी कडाइ गरिएको बताउँदै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताउनु भएको छ । स्थानीयवासीले पनि पछिल्लो समय सडकखण्डमा चेकजाँच बढाइएकाले अवैध क्रियाकलाप नियन्त्रणमा सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।