वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, ३१ असोज । नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाका निवर्तमान सभापति रामशरण गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
धादिङको सिद्धलेक गाउँपालिकास्थित सलाङ इटपानीमा आयोजित दसैँ विशेष शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा गिरीले कांग्रेस परित्याग गरी रास्वपा रोजेका हुन्।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत रहेका गिरी पछिल्लो समय पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट रहँदै आएका थिए।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनमा जिल्ला नेतृत्वले पार्टी विधानविपरीत हस्तक्षेप गरेको आरोप लगाउँदै उनले पालिका तथा क्षेत्रीय अधिवेशन बहिष्कार गरेका थिए।
लामो समयदेखि कांग्रेसको स्थानीय सङ्गठनमा सक्रिय गिरीले पार्टीको आन्तरिक विवाद र अधिवेशन प्रक्रियाप्रति असन्तुष्टि जनाइरहेका बेला गरेको दल परिवर्तनलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठ, रास्वपा धादिङका जिल्ला सभापति राजन अर्याललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।