कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
गजुरी गाउँपालिका वडा १ हाँगेटारमा समुदाय प्रहरी साझेदारी सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चेपाङ छात्राबास किशोरी समुह गजुरी १ हाँगेटारको आयोजना तथा ईलाका प्रहरी कार्यालय गजुरी, प्रयास नेपाल धादिङ, हाँगेटार चेपाङ महिला स्वावलम्बी समुहसँगको समन्वय तथा सहकार्यका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सामुदायिक सुरक्षाको लागि प्रहरी कार्यालयबाट गरिने कार्य पद्धति ,समुदाय र प्रहरी बिचको अन्तर सम्बन्ध,किशोरीहरुका हुनसक्ने हिंसा र त्यस्ता कार्य भएमा कसरी प्रतिकार गर्न,आफुमा भएको समस्या कसरी अरु समक्ष प्रष्टसँग संचार गर्ने,अपराध कार्य हुनबाट व्यक्तिगत तथा सामुदायिक रुपमा अपनाउनु पर्ने सावधानी ,घटना भई हालेको खण्डमा तत्काल खबर गर्नु पर्ने, प्रहरीलाई समुदायले गर्ने साथ सहयोग र सुचनाबाट सुरक्षा व्यवस्थालाई मजबुत गराउन सकिने, महिला हिंसा, सामाजिक संञ्जालको सहि प्रयोग र प्रहरी मेरो साथी भन्ने अभियान लगायतका बिषयमा ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्का,प्रहरी महिला सेलकी हरिप्रिया भट्टले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका शाखाबाट प्रदान गरिने सेवा सुविधा र किशोरी समुहसँग सहकार्य गर्न सकिने कार्यको बारेमा गजुरी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती सिलवालले जानकारी दिनु भएको थियोे ।अहिले सुबिधायुक्त छात्रावासमा किशोरी समुह गठन गरि पुस्तकालय,भान्सा व्यवस्थापन,कला साहित्य सिर्जना,खेलकुद,फुलबारी व्यवस्थापन ,सरसफाइ र वातावरण संरक्षण गरि ६ वटा उपसमिति गरि २० जना आबद्ध रहेको सुमित्रा चेपाङ जानकारी दिनुभयो ।
समुहको अध्यक्ष अञ्जु चेपाङको अध्यक्षता तथा समुहकी सचिव स्मृति चेपाङले स्वागत मत्तव्य राख्नु भएको सचेतना कार्यक्रममा समुहका किशोरीहरु,महिला समुहका अध्यक्ष मखमली चेपाङ लगायत सदस्यहरु,समुदायका पारिवारिक सदस्यहरु गरि ४३ जनाको उपस्थिति रहेको सबिना चेपाङले जानकारी दिनुभयो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।