नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
मझिमटार । बेनिघाट रोराङ गाउंपालिका वडा न ९ मझिमटारमा रहेको शंखादेवी माविको आवासिय भवनको शिलन्यास गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिवेक) ले उक्त आवासिय भवनको शिलन्यास गर्नु भएको हो ।
बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोगमा १ करोेडको लागतमा ४ कोठे पक्कि आवासिय भवन बन्न लागेको हो । आवासिय भवन बागमति प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलको बिशेष पहलमा बन्न लागेको हो । शिलन्यास समारोहमा बिद्यालय ब्यवस्थापन समिति,अभिभावक संघ,शिक्षक तथा बिद्याथीहरुको उपस्थिति रहेको थियो ।
हाल १६० जना बिद्यार्थीले बिद्यालयमा नै बसी अध्ययन गरिरहेका छन् । उक्त बिद्यालयमा बेनिघाट रोराङ गाउँपालिकाका कोस्राङ, ऐवाङ, तोथर, माङराङ र गण्डकी गाउँपालिकाका हिग्लुङ, थुम्का, हुईलिङवेशी, दर्शनडाडाँका ५५० जना बिद्यार्थी अध्ययनरत छन् ।
कक्षा ६ देखि १२ सम्म निशुल्क अध्यापन गराईने उक्त बिद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्याममा अध्यापन गराईन्छ । उक्त बिद्यालयमा हाल ४६ प्रतिशत चेपाङ समुदायका बालबालिकाका अध्ययनरत रहेको र आवासिय भवन बनेपछि करिव ४ घण्टा टाढा देखि आउने बिद्यार्थीहरुलाई अध्ययनमा धेरै सहज हुने बिद्यालयका सहायक प्रधानाध्यापक तिलक चेपाङले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |