Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ४, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

४४६७ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ५, शनिबार (७ महिना अघि)
राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

धादिङबेशी,५ पौष । नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले नगरपालिकाको पुरानो भवनलाई व्यवस्थित गरी त्यहाँ एक विशाल र आधुनिक पुस्तकालय स्थापना गरिने घोषणा गर्नुभएको  छ ।

शनिबार सम्पन्न नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सभालाई सम्बोधन गर्दै मेयर ढुंगानाले नगरपालिका नयाँ प्रशासनिक भवनमा सरेपछि हालको भवनको तल्लो तल्लालाई पूर्ण रूपमा फर्निसिङ गरी प्रज्ञा प्रतिष्ठान मातहत रहने पुस्तकालय सञ्चालन गरिने जानकारी दिनुभयो ।

सम्बोधनका क्रममा मेयर ढुंगानाले विकास भन्नासाथ सडक र देखिने भौतिक संरचनालाई मात्र बुझ्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “देशको कुल बजेटमा शिक्षाको हिस्सा ११ प्रतिशत मात्रै हुँदा नीलकण्ठ नगरपालिकाले भने ४१ प्रतिशतभन्दा बढी बजेट शिक्षामा लगानी गरेको छ । यसको नतिजा ढिलो देखिए पनि यसले भविष्यमा ठुलो परिवर्तन ल्याउनेछ ।”

मेयर ढुंगानाले नीलकण्ठ प्रज्ञा प्रतिष्ठानलाई अझ साझा र समावेशी बनाउन सुझाव दिनुभयो। हाल ४९ सदस्य रहेको प्रतिष्ठानमा सदस्य संख्या बढाई नीलकण्ठको भूगोलभित्र बसोबास गर्ने अन्य पालिकाका स्रष्टा र प्रतिभालाई समेत समेट्ने गरी विधान संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिष्ठानलाई कला, साहित्य र संस्कृतिको ‘पवित्र मन्दिर’को संज्ञा दिँदै मेयर ढुंगानाले राजनीतिक विचारधारालाई प्रतिष्ठान बाहिरै छोडेर आउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “मन्दिरमा छिर्दा जुत्ता बाहिरै छोडेजस्तै, प्रतिष्ठानभित्र छिर्दा राजनीति बाहिरै छोड्नुपर्छ।” यसैगरी, नगरपालिकाले विज्ञ भक्त राईमार्फत जातजाति, मठमन्दिर, पौराणिक स्थल तथा कला–संस्कृतिको तथ्याङ्क संकलन गरी प्रतिवेदन तयार गरिसकेको जानकारी दिँदै उक्त अध्ययनलाई आधार मानेर प्रतिष्ठानले थप काम अघि बढाउनुपर्ने मेयरको सुझाव थियो ।

आफ्नो कार्यकालमा गरेका सबै वाचा पूरा गरेको दाबी गर्दै मेयर ढुंगानाले नगरपालिकाको काममा एउटै गल्ती देखाइएमा राजीनामा दिन तयार रहेको समेत बताउनुभयो । साथै, प्रज्ञा प्रतिष्ठानलाई पूर्ण रूपमा स्वायत्त संस्थाका रूपमा अघि बढाइने र नगरपालिकाले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो ।

नीलकण्ठ प्रज्ञा–प्रतिष्ठान ऐन–२०७९ अनुसार स्थापना गरिएको प्रतिष्ठानले विगत तीन वर्षदेखि स्थानीय बौद्धिक अभ्यास, सिर्जना तथा ऐतिहासिक सम्पदाको अभिलेखीकरण गर्दै आएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

    फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

  • धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

  • धादिङमा आज राती १० बजेदेखी भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द, अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक

    धादिङमा आज राती १० बजेदेखी भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द, अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक

  • मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

  • समाचार
    फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

    फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङमा आज राती १० बजेदेखी भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द, अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक

    धादिङमा आज राती १० बजेदेखी भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द, अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0