युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङबेशी,७ जेष्ठ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका अन्तर्गतका पाँचवटै माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा करिब ३५० जना विद्यार्थीहरूको सहभागिता रहेको जनाइएको छ ।
स्वास्थ्य शाखाका अनुसार पछिल्लो समय बालबालिका तथा किशोरकिशोरीहरूमा मानसिक तनाव, भावनात्मक असन्तुलन, सामाजिक दबाब, एक्लोपन तथा आत्महत्यासम्बन्धी जोखिमपूर्ण अवस्था बढ्दै गएको सन्दर्भमा विद्यालयस्तरबाटै मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच, समझदारी र सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यको महत्व, तनाव तथा भावनाको व्यवस्थापन, आत्मसम्मान विकास, सहयोग खोज्ने व्यवहार, आत्महत्या रोकथामका उपाय तथा मनोसामाजिक सहयोग सम्बन्धी विषयमा अभिमुखीकरण गरिएको थियो । किशोरावस्थामा देखिने मानसिक तथा भावनात्मक परिवर्तनलाई स्वाभाविक रूपमा बुझ्दै समस्या लुकाउनुभन्दा समयमै साझा गरेर उचित सहयोग लिनुपर्ने सन्देशसमेत दिइएको थियो ।
कार्यक्रमलाई प्रभावकारी तथा सहभागितामूलक बनाउन मनोसामाजिक परामर्शकर्ताको सहभागितासहित अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । सो क्रममा विद्यार्थीहरूलाई आफ्ना भावना, अनुभव तथा मनोवैज्ञानिक अवस्थाबारे खुला रूपमा अभिव्यक्ति दिन प्रेरित गरिएको थियो ।
मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्राप्त जनस्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीहरूले मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, समयमै परामर्श तथा आवश्यक सेवामा पहुँचको महत्वबारे सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यप्रति रहेका भ्रम, संकोच तथा नकारात्मक धारणाको अन्त्य गर्दै विद्यालय र समुदायस्तरमा सहयोगी तथा संवेदनशील वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् ।
स्वास्थ्य शाखा प्रमुख खगेन्द्र प्रसाद जोशीका अनुसार गाउँपालिकाले आगामी दिनमा पनि किशोरकिशोरीहरूको मानसिक तथा मनोसामाजिक स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।